बुटवल ।माघ४
रुपन्देही व्यापार सङ्घको माघ ५ गते शुक्रवार हुने २२ औँ साधारण सभा तथा १२ औँ अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि आआफ्ना उम्मेदवारी सहित चुनावी मैदानमा छन्।
यसैबीचमा सङ्घको कोषाध्यक्ष पदमा झबिन्द्र अधिकारी (कृष्ण)ले उम्मेदवारी दिएका छन्। २०५१ सालयता बुटवलमा निरन्तर व्यवसायमा अधिकारीले आफूले सङ्घको गरिमा बढाउन सक्ने क्षमता भएको भन्दै मतदातालाई आफलाइ मतदान गर्न अपिल गरेका छन्।ट्रान्स्पोर्ट, पारिवारिक व्यवसाय,लुम्बिनी मोटर साइकल पार्टस,रेखा गल्ला भण्डार, देवी देउराली स्टोर, गार्गी इन्टर्नेश्नल एकेडेमी बोर्डिङ स्कुलमा समेत रहेका उनी सङ्घको आजीवन सदस्य हुन भने २ कार्यकाल कार्यसमितिमा रहेर काम गरिसकेको अनुभव छ।
लायन्स क्लबको पूर्व अध्यक्ष, रोटरी क्लब सेन्ट्रल बुटवल सदस्य तथा पश्चिमाञ्चल यातायात प्रालिमा २०५४ साल बाट विभिन्न जिम्मेवारी सम्हाल्दै हाल सल्लाहकार तथा अड्गुरी समाज रुपन्देही पूर्व अध्यक्ष रहेका उनी आफूमा आर्थिक अनुशासन ,संस्थागत पारदर्शिता र काम प्रतिको लगाव रहेको दाबी गर्दै आफलाइ मतदान गर्दै जिताउन आग्रह गरेका सङ्घको मतदाता शुक्रवार दिउसो हुदैछ ।