बुटवल,पुस २३।
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीमा २४ वटा बस्तुगत समिति गठन छ । गत असोज अन्तिम हप्ता सङ्घको २५ औँ अधिवेशनबाट नयाँ नेतृत्व चयनका भएपछि सङ्घको विधान अनुसार उद्योग तर्फका ११ वटा र वाणिज्य तर्फका १३ वटा वस्तुगत समिति गठन गरिएको हो । बाँकी बस्तुगत समिति गठनको प्रक्रियामा रहेको सङ्घका अध्यक्ष हरि प्रसाद अर्यालले बताए ।
सङ्घको अधिवेशन भएको तीन महिना भित्र बस्तुगत समिति गठन गरिसक्नु पर्ने व्यवस्था अनुसार अहिलेसम्म उद्योगतर्फ डेरी व्यवसायी, टुर एन्ड ट्राभल्स, ढुवानी व्यवसायी, फुड एन्ड वेभरेज, महिला उद्यमी समिति, ड्राइभिङ, व्यूटीपार्लर, होटेल रेस्टुरेन्ट तथा क्याटरिङ, होजेरी गार्मेन्ट तथा फूटवेयर, कृषि तथा लाईभस्टक, क्याटरिङ तथा मिष्टान्न बस्तुगत समिति गठन गरिएको सङ्घका वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईले जानकारी दिए ।
त्यस्तै वाणिज्यतर्फ रेडिमेट फेन्सी, कपडा व्यवसायी, दैनिक उपभोग्य समिति, फूटवेर तथा ब्याग, मोटर्स, औषधि, स्टेशनरी, हार्डवेयर, सुनचाँदी, कस्मेटिक, इलेकट्रोनिक्स, भाडा तथा प्लास्टिक र मोबाइल वस्तुगत समिति गठन गरिएको छ ।
उद्योगतर्फ डेरी व्यवसायी बस्तुगत समितिको सभापतिमा कृष्णप्रसाद उपाध्याय र उपसभापतिमा जीवलाल न्यौपाने रहेका छन् ।
टुर एन्ड ट्राभल्सको सभापतिमा अञ्जन श्रेष्ठ र उपसभापतिमा वरुण ज्ञवाली, ढुवानी व्यवसायी समितिको सभापतिमा कमलराज ढुङ्गाना र उपसभापतिमा विकास शर्मा आचार्य रहेका छन् ।
फुड एन्ड वेभरेजको सभापतिमा दीपक बास्तोला र उपसभापतिमा मोहनीलाल न्यौपाने, महिला उद्यमी समितिको सभापतिमा सृष्टि गुरुङ र उपसभापतिमा सोनाली गुरुङ, यस्तै ड्राइभिङको सभापतिमा कविन्द्रमान श्रेष्ठ र उपसभापतिमा श्रीधर अर्घालीलाई चयन गरिएको छ । उद्योग तर्फ नै व्यूटीपार्लर बस्तुगत समितिको सभापतिमा रेनु कर्माचार्य, होटेल तथा रेस्टुरेन्ट समितिको सभापतिमा सन्तोष खड्का र उपसभापतिमा तुलसीराम भण्डारी रहेको सङ्घले जनाएको छ ।
होजेरी गार्मेन्ट तथा फूटवेयरको सभापतिमा नेत्रप्रसाद भुर्तेल र उपसभापतिमा अयोध्याप्रसाद थैव, कृषि तथा लाईभस्टकको सभापतिमा शम्भुप्रसाद गुप्ता र उपसभापतिमा नुरुद्धिन शाह रहेका छन् ।
क्याटरिङ तथा मिष्टान्न बस्तुगत समितिको सभापतिमा लक्ष्मण पोखरेल र उपसभापतिमा ज्ञानप्रसाद खनाललाई चयन गरिएको छ ।
त्यस्तै वाणिज्यतर्फ रेडिमेट फेन्सीको सभापतिमा अरुणकुमार श्रेष्ठ र उपसभापतिमा शङ्कर ज्ञवाली, कपडा व्यवसायी समितिको सभापतिमा राकेशकुमार कसौधन र उपसभापतिमा हरेन्द्र पटवा, दैनिक उपभोग्य समितिको सभापतिमा नारायण भुसाल र उपसभापति माधव पोखरेल, फूटवेर तथा ब्याग सभापतिमा विजयकुमार वर्णवाल र उपसभापतिमा लक्ष्मण पाण्डे रहेका छन् ।
मोटर्स बस्तुगत समितिको सभापतिमा भूमिप्रसाद सापकोटा, औषधि बस्तुगत समितिको सभापतिमा एकदेव बस्याल र उपसभापतिमा दीप खनाल, स्टेशनरीको सभापतिमा बोधराज शर्मा र उपसभापतिमा प्रकाश भट्टराईलाई चयन गरिएको छ ।
त्यस्तै हार्डवेयर बस्तुगत समितिको सभापतिमा राजन पाण्डे र उपसभापतिमा धर्मेन्द्र कसौधन, सुनचाँदीको सभापतिमा किशोरकुमार विश्वकर्मा र उपसभापतिमा दलबहादुर रिसाल, कस्मेटिकको सभापतिमा नरसिंहप्रसाद कान्दु र उपसभापतिमा जनककुमार श्रेष्ठ रहेका छन् । इलेकट्रोनिक्स सभापतिमा सुनिलप्रसाद श्रेष्ठ र उपसभापतिमा नारायण रायमाझी यस्तै भाडा तथा प्लास्टिकको सभापतिमा गोकुल नेपाल र उपसभापतिमा अर्नलराज शाक्य, मोवाइल वस्तुगत समितिको सभापतिमा शिवदेव अर्याललाई चयन गरिएको छ ।