logo
  • शुक्रबार, असोज ३० २०८३

देवकोटा क्याम्पसमा आधारभूत शेयरबजार तालिम


  • सोमबार, पुष २३ २०८०

बुटवल, पुस २३
नवलपरासीको महाकवि देवकोटा क्याम्पस अन्तर्गतका वि।वि।ए। तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूलाई फाइनान्स विषयको  विषयगत आंशिक पाठ्य भार पूरा गर्न साथै शेयर बजार सम्बन्धी तालिम प्रदान गरिएको छ ।
नवीन ज्ञान प्रदान गर्ने उद्देश्यले यसै क्याम्पसको सभा हलमा  शेयर मार्केट सम्बन्धी एक दिने आधारभूत शेयर बजार तालिम कार्यक्रम सम्पन्न भएको क्यापसले जनाएको छ ।
। कार्यक्रमका संयोजक ताराप्रसाद पाण्डेको अध्यक्षतामा सञ्चालन गरिएको उक्त कार्यक्रममा सोही सङ्कायमा प्राध्यापनरत प्राध्यापक प्रवीण शर्मा प्रमुख प्रशिक्षक रहनु भएको  थियो । क्याम्पसको व्यवस्थापन सङ्काय अन्तर्गत वि।वि।ए। तेस्रो सेमेस्टरमा अध्ययनरत ३५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षक शर्माले नेपालमा शेयर बजारको अवस्था, शेयर बजार सम्बन्धी कानुनी प्रावधान, शेयर खरिद बिक्री गर्ने तरिका साथै शेयर बजारमा लगानी गर्दा ध्यान दिनु पर्ने विषयहरूको बारेमा स्पष्ट पार्नु भएको थियो । उक्त अवसरमा प्रशिक्षक शर्माले विद्यार्थीहरूद्वारा सोधिएका प्रश्नहरूको जवाफ दिनु भएको थियो । महाकवि देवकोटा क्याम्पस अन्तर्गत अनुसन्धान शाखा प्रमुख विकाश रानाको सहजी करण  कार्यक्रम सञ्चालन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend