logo
  • शुक्रबार, असोज ३० २०८३

शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण 


  • आइतबार, पुष २२ २०८०

बुटवल, पुस
नवलपरासीको बर्दघाटमा स्थित मङ्गलादेवी प्राथमिक विद्यालयमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस अन्तर्गत वि.वि.ए. छैठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको   आयोजनामा बर्दघाट नगरपालिका वडा  २ को श्री मङ्गलादेवी प्राथमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्री, न्यानो कपडा साथै विद्यालयलाई फिल्टर तथा बाल्टी प्रदान गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक हरिश्चन्द्र प्रसाद गुप्ता, महाकवि देवकोटा क्याम्पस वि.वि.ए. प्लानर विकाश राना, वि.वि.ए. छैठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरू, विद्यालयमा अध्ययनरत विद्यार्थीहरू, अभिभावक,  सहभागिताको  शैक्षिक सामग्री, न्यानो कपडा वितरण गरिएको थियो ।
भने विद्यालयलाई फिल्टर तथा बाल्टी प्रदान गरिएको थियो । शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक गुप्ताले महाकवि देवकोटा क्याम्पसले बर्दघाट नगरपालिकामा अवस्थित भएर पनि विकासमा धेरैको आँखा पुग्न नसकेको चुरे पहाडको काखमा रहेको समस्या रहेको बताए ।
उक्त अवसरमा क्याम्पसको तर्फबाट प्लानर रानाले महाकवि देवकोटा क्याम्पसले सामाजिक उत्तरदायित्व पूरा गर्न बालबालिकाहरूलाई शैक्षिक सामग्री तथा न्यानो कपडा  वितरण, अशक्त अपाङ्गहरूलाई राहत सामग्री वितरण, स्वास्थ्य शिविर, रक्तदान, जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताए ।
वि।वि।ए। छैठौँ सेमेस्टरमा अध्ययनरत छात्रा समीक्षा गैरेले महाकवि देवकोटा क्याम्पस सामुदायिक क्याम्पस भएकोले सामाजिक उत्तरदायित्व पूरा गर्ने साथै विद्यार्थीहरूमा समाजसेवा र मानव सेवाको भावना विकास गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend