logo
  • शुक्रबार, असोज ३० २०८३

नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयको वार्षिकोत्सव


  • आइतबार, पुष २२ २०८०

बुटवल पौष २२
नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयदेविनगरको ४८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८० आइतबार सम्पन्न भएको छ ।
उक्त अवसरमा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले विद्यालयले बुटवलको पहिचान बनाउन सफल भएकोमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहेकोमा उच्च प्रशंसा गर्दै बुटवल सबै क्षेत्रमा समृद्ध भएकोले अगुवाइ गर्ने दाबी गर्दै नवीनले संस्कार र पहिचान कायम गर्नेमा जोड दिई विद्यालयको भौतिक पूर्वाधार निर्माणमा बुटवल उपमहानगरपालिकाले जिम्मा लिने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख रमाकान्त तिवारी, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष एवं विद्यालयका संरक्षक रामचन्द्र क्षेत्री, नेपाली काँग्रेस बुटवल उपमहानगरका उपसभापति ज्योति भण्डारी, नेकपा एमाले बुटवल उपमहानगर कमिटीका सचिव मेघराज भट्टराई, नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरका अध्यक्ष तथा अभिभावक महेन्द्र भुसाल विद्यालय व्यवस्थापन समितिका  सदस्य भरत कुमार रसाइली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा शिक्षक केशवराज पन्थको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र ढकालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयको वार्षिक प्रतिवेदन, भौतिक , शैक्षिक, आर्थिक र व्यवस्थापकीय पक्ष असल अभ्यास,  विश्लेषण, विद्यालयको नतिजा अनुसन्धान विश्लेषण गर्दै आ।व। २०७९र८० को १४ करोड ८६ लाख ४० हजार ७ सय ७७ आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयको पहिचान तथा गतिविधि झल्कने साङ्गीतिक गीत गायक प्रमोद खरेल, गायिका सरिता पन्थी शब्द र सङ्गीतमा सुरेश सेन्चुरीद्वारा गरिएको साङ्गीतिक गीतको प्रमुख अतिथिले सार्वजनिक गर्नु भएको थियो साथै २०७९ को एसइई, २०८० कक्षा १२ को बोर्ड परीक्षामा २।८ जिपिए माथि प्राप्त गर्ने शिक्षक, दीर्घ सेवी शिक्षक, एमबिबिएस, बाम्स, इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समूहबाट उत्कृष्ट भएका विद्यार्थीहरूलाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा कानुन समूहले कानुन समूहका इन्चार्ज अधिवक्ता लोक प्रसाद खरेलको सहजी करणमा नाटक प्रस्तुत गरेका थिए । २०८० को आर्किटेक इन्जिनियरिङमा नेपाल सर्वोत्कृष्ट भएका प्रवीण कोइराला, सिभिल इन्जिनियरिङको कक्षा १२ को बोर्ड परीक्षामा  सर्वोत्कृष्ट ३।८९ जिपिए ल्याएकी छात्रा सुस्मिता पुन, डान्स आइडल आकृति परियारलगायतलाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विविध रोचक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए साथै शिक्षकहरूले समेत नृत्य प्रस्तुत गरेका थिए । विज्ञान समूहका विद्यार्थीहरूले रोशन तिवारीको सहजी करणमा विज्ञान प्रदर्शनी, तीर्थराज घिमिरे र विनय कुमार वि।क।को सहजी करणमा चित्रकला प्रदर्शनी र व्यवस्थापन समूह अन्तर्गत होटेल व्यवस्थापनका संयोजक आशिष् के।सी। र सुरज पौडेलको सहजी करणमा विद्यार्थीहरूले खाना महोत्सवका स्टलहरू राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend