logo
  • शुक्रबार, असोज ३० २०८३

टुना टेक्नोलोजी प्रा ली को दोस्रो वार्षिक साधारण सभा 


  • शनिबार, पुष २१ २०८०

बुटवल पुस २०
टुना टेक्नोलोजी प्रा ली को दोस्रो वार्षिक साधारण सभा सम्पन्न  भएको छ ।
मोफसलमा रहेको देशकै नमुना आई टि कम्पनी टुना टेक्नोलोजी प्रा ली को दोस्रो साधारण सभा बुटवलमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष गणेश चन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न भएको सभामा स्वागत मन्तव्य सञ्चालन धुर्बराज न्यौपानेले गर्नु भएको थियो भने । कम्पनीका कार्यकारी प्रमुख तथा कम्पनी सचिव राजीव गौतमले संस्थाको प्रगति विवरण तथा वित्तीय अवस्थाको बारेमा प्रस्ट पार्नुभएको थियो।
सभाले अध्यक्ष गणेश चन्द्र पोखरेल तथा कम्पनी सचिव राजीव गौतमले प्रस्तुत गर्नु भएको प्रस्ताव तथा प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ।
शेयर धनी को तर्फबाट बोल्दै गणेश प्रसाद पोखरेलले प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गरेको र भविष्यमा अझै उत्कृष्ट परिणाम ल्याउने छ भन्ने विश्वास व्यक्त गर्दै शुभकामना दिनु भयो। सल्लाहकार दुर्गा भण्डारीले व्यावसायिकहरू माझ अझै पनि प्रविधिको ज्ञानको सचेतना फैलाउँदै यो क्षेत्रमा योगदान गर्ने विश्वास व्यक्त गर्नु भयो। आगामी दिनमा सरकार र निजी क्षेत्रसँग मिलेर काम गर्दै प्रविधिको क्षेत्रमा काम गर्ने योजनासहित साधारण सभा सम्पन्न भयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend