बुटवल , पुस १९ पूर्व राजा ज्ञानेन्द्र शाहले आफू कतै नगएको बताएका छन् । आज भैरहवा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्मवोधन गर्दे पूर्व राजा शाहले आफू कतै नगएको र नेपालीहरूको साथमै रहेको रहेको बताएका छन् । कार्यक्रम लिखित मन्तव्य राखेको शाहले भर्ने देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना पोखिरहेको छु । म कतै गएको छैन । सदा सदा नेपालीका साथमा छु,
नेपालभित्रै छु’ पूर्व राजा ज्ञानेन्द्रले भने, ‘नेपालीहरूको सुख–, दुख सुविधा, असुविधा, बाधा–पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु म जता जाऊँ जहाँ पुग जनताको सुन्छु मलाई आउँ देश बचाउन भनेको सुन्छु । त्यसबाट आफूले देशको हिजो–आजको अवस्थालाई नजिकबाट नियालिरहेको बताए
देशमै उत्पादन उद्यम, इलम सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्ने भन्दै कस्तो विधि बदल्ने वा कसरी अगाडि बढ्ने भन्दै हामी आफैँले तय गर्नुपर्ने उनको भनाई थियो ।
देश जर्जर भएको र बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरू विदेश जानु परेको बताउँदै यो अवस्था अन्त्य हुन पर्ने बताए । उनले यो देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएको बताए । अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नुपर्ने सुझाव रहेको थियो । उनले सबैले आफू मात्रै ठिक भन्न छाडेर आउँ हामी सबै एक ठाउँमा उभियो भन्नु पर्ने बताए ।
पुस ८ गते भैरहवा आएका शाहलाई आज गरिएको अभिनन्दन समारोहमा नेकपा एमालेकी पूर्व सांसद गङ्गा चौधरी राजसंस्था पुनर्स्थापनाको पक्षमा खुलेर बोलेकी थिइन् । दाङ १ मा स्वतन्त्र उम्मेदवार बनेकी चौधरी झिनो मत ल्याएर पराजित भइन् । उक्त क्षेत्रमा एमालेले शान्ता चौधरीलाई टिकट दिएको थियो उनले राजाले जनताको गुनासा सुन्नु पर्ने बताएकी थिइन् । नागरिक अभिनन्दन मूल समारोह संयोजक डा राम प्रसाद बस्याले जनताले राजलाई अभिभावको रूपमा हेर्न चाहिने बताए । उनले छिटै राजसंस्था सक्रिय हुनुपर्ने बताए ।