बुटवल, पुस १९
राष्ट्रिय सहकारी महासङ्घको अधिवेशनको मिति नजिक हुँदै जाँदा नेपाली काँग्रेसले पनि आफ्नो रणनीति बनाउनको जिल्ला जिल्ला विवरण माग गरिएको छ ।
नेपाली काँग्रेसले सहकारी विभाग प्रमुख एवं केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेलेले पार्टीका सबै ७७ जिल्ला कार्यसमितिलाई पत्राचार गर्दै सहकारी स्पष्ट विवरण माग गरिएको छ । देशैभर रहेका सहकारीहरूको केन्द्रीय सङ्घ सहकारी महासङ्घको यही पौष २७ र २८ गते साधारण सभा एवम् महाधिवेशन काठमाडौँमा हुन गइरहेको छ । महाधिवेशनको प्रतिनिधिहरू जिल्ला स्तरीय सहकारी सङ्घहरूबाट प्रतिनिधित्व गर्ने व्यवस्था रहेकाले भएकोले जिल्ला जिल्लाबाट कति प्रतिनिधि , त्यसका लोकतन्त्रवादी आदि विवरण पार्टीको जिल्ला कार्यसमितिसँग गरिएको छ । उक्त विवरण एवम् जानकारी केन्द्रीय कार्यालयमा पौष २३ गते सम्म पठाइदिनुहुन अनुरोध गरिएको छ ।
नेपाली काँग्रेसको सहकारी विभागको पहलमा यसअघि यही पौष ७ र ८, २०८० मा सम्पन्न भएको बचत तथा ऋण सहकारी संस्थाहरूको केन्द्रीय सङ्घ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घको अधिवेशनमा सञ्चालक समितिको अध्यक्ष र लेखा सुपरिवेक्षण समितिको संयोजक सहित गठबन्धनबाट ६ जना निर्वाचित भएका थिए ।