logo
  • शुक्रबार, असोज ३० २०८३

बालुवाटारमा समाजवादी मोर्चाको बैठक


  • बुधबार, पुष ११ २०८०

काठमाडौँ । नेकपा माओवादीसहितका चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

लामो समयपछि आज बसेको बैठकमा सरकारले एक वर्षमा गरेका कामको समीक्षा, माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन तथा मोर्चाका आगामी दिनका रणनीतिका विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरू सहभागी रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend