logo
  • शुक्रबार, असोज ३० २०८३

एरिकलाई बनायो यशोदा फूड्सले ब्राण्ड एम्बासडर


  • मंगलबार, पुष १० २०८०

काठमाडौं ।यशोदा फुड्सले नेपाल सुपर लिग (एनएसएल) टोली बुटवल लुम्बिनीका मार्की खेलाडि एवम् कप्तान एरिक विष्टलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ ।

एरिकसँग कम्पनीले सोमबार एक वर्षको लागि सम्झौता गरेको हो । नेपाल राष्ट्रिय फुटबल टोलीका  मिडफिल्डर समेत रहेका एरिकसँग भएको सम्झौता रकम भने खुलाइएको छैन । ‘यशोदा फुडसँग जोडिन पाउँदा खुसी छु । यो अवसरको लागि कम्पनीलाई धन्यवाद दिन चाहन्छु,’ एरिकले भने ।
एनएसएलमा करेन्टले बुटवल लुम्बिनीलाई पनि प्रायोजन गरेको थियो ।बुटवलका लागि एरिकले सबै खेल्दै २ गोल गर्नुका साथै १ असिस्ट गरेका थिए । तर टोली प्ले अफमा भने पुग्न सकेन् ।  यशोदा फूड्स करेन्ट चाउचाउ, चिज बल लगायतको उत्पादक कम्पनी हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend