logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवलको ‘टुना टेक्नोलोजी’लाई आइसिटी अवार्ड



बुटवल , पुस ९
बुटवलको टुना टेक्नोलोजी प्रा।लि।ले आइसिटी अवार्ड–२०२३ प्राप्त गरेको छ ।  काठमाण्डौमा आयोजना गरिएको ग्राण्ड फिनालेमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यो अवार्ड प्रदान गरेकी हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय सूचना प्रविधि केन्द्र र नेपाल उद्योग वाणिज्य महासङ्घको सहकार्यमा आइसिटी अवार्ड २०२३ आयोजना गरिएको थियो । जसमा टुना टेक्नोलोजीले उपत्यका बाहिर लुम्बिनी प्रदेशबाट यो अवार्ड प्राप्त गरेको हो । यो अवार्डका लागि ५ महिना भन्दा लामो समय लगाएर छनौट गरिएको थियो । जसमा १२ वटा भन्दा बढी इभेन्ट गरिएको थियो


टुना टेक्नोलोजी प्रा।लि। आई टी क्षेत्रमा विशेषज्ञता उत्पादनमा आधारित परियोजना कम्पनी हो । यसले वेबसाइट डिजाइन तथा सफ्टवेयरको विकास गर्छ । त्यस्तै डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइन र मोबाइल एपको पनि विकास गरिने प्रमुख कार्यकारी अधिकृत राजीव गौतम बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend