logo
  • शुक्रबार, असोज ३० २०८३

एम जी क्लबको  आयोजनामा रुपन्देहीमा राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता



७ पुस
बुटवल । ‘सम्पूर्ण युवा एक हौँ, समृद्ध समाज बनाऔँ’ भन्ने मूल नाराका साथ स्थापित एम जी क्लब बुटवलले राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । बुटवल उपमहानगरपालिका  वार्ड ११ मा रहेको क्लबले यही पुस ९ गते सोमबार ‘प्रथम एमजी कप २०८०’ आयोजना गर्ने भएको हो ।
बुटवलमा आज पत्रकार सम्मेलन गर्दे रुपन्देहीको तिलोत्तमा(६ स्थित तिलोत्तमा ब्याडमिन्टन क्लबको कभर्ड हलमा हुने प्रतियोगितामा खुल्ला मेन्स डबल र भेट्रान्स मेन्स डबल गरी दुई विधामा प्रतिस्पर्धा हुने खेल संयोजक वसन्त बहादुर चर्तीले जानकारी दिए । प्रतियोगितामा मेन्स डबलतर्फको विजेताले ४० हजार नगद राशिसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले २५ हजार तथा अन्तिम ४ मा पुग्ने २ समूहलाई १५ हजार नगद राशीले सम्मान गरिने संयोजक चर्तीले जानकारी दिए ।  यसै गरी भेट्रान्सतर्फ विजेताले नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसै गरी उपविजेताले २० हजार र अन्तिम ४ मा पुग्ने २ समूहले १० हजार नगद राशी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट गरी मेन्स डबलतर्फ ६४ तथा भेट्रान्सतर्फ पनि सोही सङ्ख्यामा टिम सहभागी हुने बताइएको छ । राष्ट्रिय टोलीमा सहभागी उत्कृष्ट २० सम्म रहेका खेलाडीले भने सहभागी हुन नपाउने क्लबका अध्यक्ष राबहादुर सिंजालीले जानकारी दिए । यसै भेट्रान्सतर्फको खेलमा प्रत्येक समूहमा एक जना अनिवार्य ४५ वर्ष उमेर पुगेको र एक जना ४० वर्षमाथिको भए पनि हुने उनले बताए । प्रतियोगितामा सहभागी हुन खुल्लातर्फ ३ हजार र भेट्रान्सतर्फ २५०० प्रवेश शुल्क लिइने उनले बताए ।
प्रतियोगिता सम्पन्न गर्न ७ लाख खर्च अनुमान गरिएको बताउँदै क्लबका महासचिव निल बहादुर कुँवरले खेलाडीका लागि खाना तथा नास्ताको समेत व्यवस्था गरिएको जानकारी दिए । प्रतियोगितामा आयोजक क्लबका तर्फबाट ७ समूहले सहभागिता जनाउने भएका छन् । पाल्पाबाट बसाई सरी रुपन्देहीमा आएकाहरू मिलेर स्थापना गरिएको एमजी क्लबमा हाल ८० जना सदस्य रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend