logo
  • शनिबार, कार्तिक १ २०८३

तिनाउको जलधारा संरक्षण बुटवल र तिनाउ  दुवैको दायित्व 


  • बिहिबार, पुष ५ २०८०

बुटवल,पुस  ।
पाल्पाको तिनाउ गाउँपालिका र बुटवल उपमहानगरपालिका बिचमा मिलेर  जलाधार  क्षेत्रको संरक्षण  गर्नु पर्नेमा जोड दिएको छ ।
सामुदायिक वन समन्वय समितिका तिनाउ ३ पाल्पाको आयोजनामा दोभानमा आयोजना गरिएको ‘तिनाउ जलाधार क्षेत्र संरक्षणका लागि हाम्रो  अभ्यास र अवसर विषयक अभिमुखीकरण तथा छलफल कार्यक्रममा ’ बोल्दै सकरोकारवालाहरुले तिनाउ नदिको जलाधार संरक्षणको लागि दुई वटा पालिकाका बिचमा समन्वय र सहकार्य गर्न आवश्यक रहेको बताएका हुन् । जलधारा क्षेत्रको विकास र संरक्षण गर्दा दुवैलाई दिर्धकालिन रूपमा लाभ हुने भएको त्यो विषयमा  दुवै स्थानीय तहको  आ आफ्नो क्षेत्रबाट  सहकार्य गरेर अगाडि जाने  जनाएका छन् । उनीहरूको तिनाउको पानी बुटवल पिउन  तथा रुपन्देही विभिन्न  ठाउँ सिचाई प्रयोग हुने भएकोले  संरक्षण गर्नु दायित्व  दुवैको भएको बताएका छन् ।
। कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले  तिनाउको संरक्षणको लागि पालिकाले प्रत्येक वर्ष १५ लाख रुपैयाँ तिनाउ गाउँपालिका लाई  उपलब्ध गराउँदै आएको जानकारी दिँदै यसबाट मात्रै संरक्षण हुन नसक्ने बताएका थिए ।तिनाउ संरक्षणको लागि  आफ्नो तहबाट जहिले पनि सकारात्मक सहयोग गन गर्ने प्रतिबद्धता जनाउँदै उनले तिनाउ बुटवलको सिर भएको कारण त्यहाँको उत्पादन लाई बजारीकरण, प्रशोधनको लागि बुटवल महानगरपालिका सहकार्य गरेर अगाडी बढ्ने बताएका थिए  । उनले तिनाउमा उत्पादन भएको दालचिनी, कृषि जन्य उत्पादनको बुटवलमा प्रशोधन उद्योग साझेदारीमा सञ्चालन गर्न सकिने भन्दै यसको लागि तिनाउ पालिका बाट योजना लिएर आउनको लागि समेत आग्रह गरे । उनले साझा मुद्रामा सहकार्य  गरेर जान आवश्यक रहेको  जीटुजी मार्फत योजना निर्माण  गरी योजनाको पूर्ण रूपमा कार्यान्वयनमा जानुपर्नेमा जोड दिए ।
छलफल कार्यक्रममा बोल्दै  तिनाउ गाउँपालिकाका प्रमुख प्रेम  श्रेष्ठले बुटवल सँग सहकार्य गरेर जानको लागि  तिनाउ सरकार जहिले पनि तयार रहेको बताएका थिए ।  उनले जल संरक्षणका लागि तिनाउले जति पहल गरेको त्यसको पहल  त्यसको उपभोग गर्ने अन्य पालिकाहरूले पनि गर्नुपर्ने बताएका थिए ।  उनले खानेपानी संस्थान लगायतबाट तिनाउको लागि सहयोग यथेष्ट मात्रामा नभएको गुनासो समेत गरेका थिए ।उनले सम्झौता अनुसार खानेपानी संस्थानले पालिकाको  खातामा नै प्रत्यक्ष रकम पठाएर त्यसमा थप गरेर जलाधार संरक्षणको लागि काम गर्ने बताएका थिए ।  उनले पुरानो सम्झौता  अनुसार १५ लाख रुपैयाँको योजना  खानेपानी संस्थानले गर्ने भन्ने कुरा भएको भन्दै त्यसलाई सच्चाएर पालिकाको खातामा नै रकम पठाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा सामुदायिक वन समन्वय समिति पाल्पाका अध्यक्ष दल बहादुर गुरुङले कार्यपत्र प्रस्तुत गर्दे तिनाउको मुहान संरक्षण गर्नको विभिन्न काम गरेको बताएका थिए । उनले  तिनाउ मुहान फोहर  रोक्नको लागि तिनाउ किनारमा रहेका वस्तीमा  ट्इलेट निर्माण देखी विभिन्न कार्यक्रम गरेको बताए ।  कार्यक्रमका समन्वय बन समिति उपाध्यक्ष प्रेम प्रसाद पाण्डेय,  सचिव दिनेश जिसी लगायत बोल्दै तिनाउ विकास लागि जन क्षेत्रको संरक्षण गर्दे अधिकतम प्रयोग गर्नु पर्नेमा जोड दिएका थिए  । प्रमुख प्रशासकीय अधिकृत, स्थानीय पालिकाका  वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend