बुटवल, ३ पुस ।
उद्योग ब्यापार संघ बुटवलको अध्यक्षमा विष्णुप्रसाद पाण्डे निर्वाचित भएका छन् । संघको बुटवलमा सम्पन्न पांचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाण्डेको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा लोकनाथ पन्थी, उद्योग उपाध्यक्षमा पदम जि.सी., बाणिज्य उपाध्यक्षमा केशव श्रीस,महिला उपाध्यक्षमा अन्जु पाण्डे, महासचिवमा यमलाल मरासिनी, सचिवमा कोशलराज भण्डारी, कोषाध्यक्षमा नम्रता थापा र सहकोषाध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका निर्वाचन समिति संयोजक दामोदर घिमिरेले बताए ।
कार्य समिति सदस्यहरुमा न्याजुद्दिन मियाँ, विनोद खाती, देवेन्द्र राना, विष्णु मरासिनी, दिपीका क्षेत्री, विशाल पन्थी, विनोद आचार्य,सौरभ भुसाल, दिल प्रसाद शर्मा, प्रशान्त बञ्जाडे, विजय आचार्य, जिब बहादुर बुढाथोकी, जनेस पन्थी, बसन्ता खनाल र नारायण प्रसाद पाण्डे निर्वाचित भएका छन् । करिव ८ सय बुटवलका उद्योगी व्यापारी संघको साधारण सदस्य रहेका छन् ।
निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन प्रमुख घिमिरेले संघका निवर्तमान अध्यक्ष गोबिन्दराज गैरे,नेपाल उद्योग ब्यापार महासंघका बाणिज्य उपाध्यक्ष बाबुराम पोखरेल,महासचिव खिमनारायण पराजुलीको उपस्थितिमा पद तथा गोपनियताको सपथ गराएका छन् ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend