logo
  • शुक्रबार, असोज ३० २०८३

 धर्मका नाममा  अराजकता मच्चाउने काम ः चित्र बहादुर के.सी. 


  • मंगलबार, पुष ३ २०८०

बुटवल ,पुस ३
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले  नेपालमा धर्मका नाममा अराजकता मच्चाउने काम भइरहेको बताएका छन् । उनले दक्षिणी हावाबाट देशमा धर्मको नाममा अराजकता मच्चाउने काम भएको आरोप लगाए ।
बुटवलमा रिपोटर्स क्लबले  आज गरेको साक्षात्कार  कार्यक्रममा  बोल्दै पूर्व उपप्रधानमन्त्री रहेका नेता केसीले हिन्दु धर्मको वकालत गरिनु राजतन्त्रको वकालत  ठहर भएको बताउँदै त्यो गलत काम भएको बताए । उनले नेपालमा अव लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुनै नसक्ने  जिकिर गरे ।
उनले  नेपाली न जनताको बुद्धि भुट्ने काम  धर्मको नाममा भएको बताए । उनले त्यो   असम्भव कुरा पनि दक्षिणी हावाले  उचालिरहेको बताए ।उनले नेपाल सबै धर्म मान्न पाइने  तर धर्मको नाममा खेल खेल्न  नपाइने बताए । राज्यले कुनै धर्मको वकालत गर्न नपाइने भए पनि धर्मका नाममा अहिले देशमा अस्थिरता ल्याउने प्रयास भइरहेको उनको भनाई छ ।दलहरूले लोकतन्त्रको सीमाभित्र रहेर काम गर्न नसकेको उल्लेख गर्दै लोकतन्त्र र गणतन्त्रको विरोधमा गरिने मोर्चा बन्दी हटाउने अभियानमा साथ दिने बताए । नेपालमा सङ्घीयता घाँडो भइसकेको बताउँदै देशभरबाट यसको आवाज बलियो भएको जनाए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend