बुटवल पौष २,
नवीन औद्योगिक कदर बहादुर रीता मा।वि। देवीनगरमा नमुना संसद् कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
उक्त अवशरमा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले नवीन औद्योगिक कदर बहादुर रीता मा।वि।ले शिक्षा क्षेत्रमा गरेको प्रगतिले सम्पूर्ण सामुदायिक विद्यालयहरूको ध्यान केन्द्रित गरेको बताउँदै आजका युवा विद्यार्थीहरूको भोलिका दिनमा राजनीतिक क्षेत्रमा आवश्यकता रहेकोले आफ्नो पठनपाठनलाई असर नगर्ने गरी व्यक्तित्व र नेतृत्व विकास गर्दै विद्यार्थीहरूलाई सामाजिक कार्यमा अगाडी बढ्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले नमुना संसदमा विद्यार्थीहरूले विवादित मामिलाका कुराहरूमा जोड नदिई कार्यक्रमलाई परिष्कृत गर्न आग्रह गर्दै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकहरूको उल्लेखित भूमिकाको कारण विद्यालयका गति विधिहरू थप परिष्कृत गरेकोमा खुसी व्यक्त गर्नु भयो ।
कानुन समूह कक्षा ११ र १२ का विद्यार्थीहरू र नवीन विद्यार्थी क्लबका विद्यार्थीहरूको सक्रिय सहभागितामा आयोजित दोस्रो नमुना संसद् अभ्यास कार्यक्रममा सभामुखको भूमिका नयाँ युवा नयाँ सोचका प्रशिक्षक विनोद खत्री, उप सभामुखको भूमिकामा जुना परियार, प्रधानमन्त्री आयुषा नेपाली, गृहमन्त्री वेद प्रकाश कहार अर्थमन्त्री सन्देश विश्वकर्मा, शिक्षामन्त्री रुक्सा अर्याल, प्रतिपक्ष दलका नेता विनीता पाण्डेयले भूमिका निर्वाह गरेका थिए ।
नवीन विद्यार्थी क्लबका अध्यक्ष अमिशन थापाको अध्यक्षतामा समीक्षा कुँवर र कामना लम्सालको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयको समग्र अवस्थाको बारेमा धारणा राख्नु भएको थियो ।
कानुन समूहका इन्चार्ज अधिवक्ता लोक प्रसाद खरेलले नमुना सांसदको समग्र अवस्थाको विश्लेषण गर्नु भएको थियो । प्रशिक्षक विनोद खत्री, अस्मिता भण्डारी, सिजन भट्टराई लगायतले धारणा राख्नु भएको थियो ।
नमुना संसद् कार्यक्रममा उत्कृष्ट नेतृत्व कर्तामा सन्देश विश्वकर्मा, उत्कृष्ट अनुसन्धान कर्तामा प्रकाश वेल्वासे र उत्कृष्ट वक्तामा सुरक्षा खड्का छनौट भएका थिए । कार्यक्रममा अविसा राइले नृत्य प्रस्तुत गरेकी थिइन् ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend