बुटवल, २८ मङ्सिर ।
उजिरसिह माविको हीरक समारोह अन्तरगत जिल्ला स्तरीय यु २० अन्तर विद्यालय छात्र भलिबल प्रतियोगिता २०८० मा सेन्ट जोशेफ, बुद्ध पब्लिक, ज्ञानपुन्ज, न्यू ईन्भारमेन्ट, सगरमाथा, मणि मुकुन्द र शंकरनगर दुर्गादत्त माबि विजयी भएका छन विहिबार भएको पहिलो चरणको खेलमा सेन्ट जोशेफ ईबोस्कुल तिलोत्तमा लिटल फलावर्सलाई २—०, बुद्ध पब्लिक ईगलिस बोर्डिङ स्कुलले केएनपीआईलाई २—१, ज्ञानपुन्ज बुटवलले न्यु भिजनलाई २—०, न्यू ईन्भारमेन्ट ई बोर्डिङले सेभेन स्टार इबोस्कुललाई २—०, सगरमाथा इबोस्कुलले नवज्योती इबो स्कुललाई २—०, मणि मुकुन्द इ बोर्डिङ स्कुलले इडन इगलिस बोर्डिङ स्कुल २—० तथा शंकरनगर दुर्गादत्त माविले ज्ञानोदय माविलाई २—० लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक यम प्रसाद श्रेष्ठले बताए । यहाँ हिजोबाट जिल्ला स्तरीय प्रतियोगिता सुरु भएको हो । विद्यालयका प्रधान प्रधानाध्यापक पदमराज ज्ञवालीले भोलि आज जितेका विच प्रतिस्पर्धा हुने बताए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend