बुटवल मंसीर २८,
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीको आयोजनामा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको क्षमता विकास तालिम कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीको वार्षिक कार्यक्रम अन्तरगत यस जिल्लामा रहेका बुटवल उपमहानगरपालिका, पाँच वटा नगरपालिका र दशवटा गाउँपालिकामा कार्यरत प्राविधिक सहायकहरुलाई लक्षित गरी मंसीर २४ गतेदेखि २८ गते सम्म नवीन औद्योगिक कदर बहादुर रीता मा।वि। मा सञ्चालित तालिममा पहिलो दिन सिद्धार्थ नगरपालिकाका नगर शिक्षा अधिकारी चेतनशिल लम्सालले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली ९क्ष्भ्ःक्ष्क्० सँग सम्बन्धित कक्षा ८ को परीक्षा व्यवस्थापनका एघारवटा बुँदाहरु विषय सेट गर्ने, ग्रेड सेट गर्ने, विद्यार्थीको विवरण सम्पादन गर्ने, ग्रेड सीट र प्रमाण पत्र प्रिन्ट, नतिजा प्रकाशन, लेजर हेर्न र प्रिन्ट गर्न, विद्यालयहरुलाई प्रयोगात्मक अंक प्रविष्टि गर्न अनुमति लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।
दोस्रो दिन प्रदेश लेखा नियन्त्रण कार्यालयका लेखा नियन्त्रक लक्ष्मण पौडेलले सार्वजनिक खरिद ऐन, माग फाराम संकलन, तलव निकाशा, लेखा परीक्षक छनौट, प्रतिवेदन लेखन, वेरुजु फर्छयौट, आयव्यय व्यवस्थित र स्टोर दाखिला सँग सम्बन्धित विषयहरुमा सहजीकरण गर्नु भएको थियो ।
तेस्रो दिन शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख उपसचिव माधव बन्जाडेले विद्यालय शिक्षा क्षेत्र योजना २०७९र२०८९ शैक्षिक योजनाहरु शैक्षणिक योजनाहरु वित्तीय व्यवस्थापन नगर तथा गाउँ शिक्षा योजना निर्माण र कार्यान्वयनका सम्बन्धमा सहजीकरण गर्नु भएको थियो दोस्रो सत्रमा शिक्षा तालिम केन्द्र रुपन्देहीका प्रमुख हरिलाल अर्यालले कार्यालय संचालन, दैनिक प्रशासनिक कार्यहरु, कार्यालय व्यवस्थापन, अभिलेख व्यवस्थापन लगायतमा सहजीकरण गर्नु भएको थियो ।
चौथोदिन पहिलो सत्रमा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख उपसचिव माधव बन्जाडेले शिक्षक पेशागत सहयोग अन्तरगत औपचारिक तालिम, गोष्ठी, अन्तरक्रिया शिक्षक वीच अनुभव तथा सिकाइ आदान प्रदान, नेपालमा गरिएका प्रयासहरुर केन्या, युगान्डा र कम्बोडियामा भएका अभ्यासहरू र सुपरिवेक्षण लगायतका विषयहरुमा सहजीकरण गर्नु भएको थियो भने दोस्रो सत्रमा रोहिणी गाउँपालिकाका शिक्षा अधिकृत मधु प्रसाद घिमिरे सार्वजनिक जवाफदेहिता, उत्तरदायित्व, अख्तियारी, सुशासनका आयामहरू लोकतन्त्र लगायतका विषयहरुमा सहजीकरण गर्नु भएको थियो ।
संघीय सरकारबाट वित्तीय हस्तान्तरण भइ स्थानीय तह मार्फत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धमा इकाई प्रमुख उपसचिव माधव बन्जाडेले तेस्रो सत्रमा संघीय शसर्त कार्यक्रमको प्रगती प्रतिवेदन निर्माण तथा सम्प्रेषण सम्बन्धमा शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत जीवन खनालले सहजीकरण गर्नु भएको थियो भने यसै अवसरमा नवीन औद्योगिक कदर बहादुर रीता मा।वि।का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले यस विद्यालयले शिक्षाको क्षेत्रमा गरी रहेका नवीनतम असल अभ्यासहरूका बारेमा स्लाइड प्रस्तुतिकरण गर्नु भएको थियो
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend