logo
  • शुक्रबार, असोज ३० २०८३

क्याम्पस प्रमुख तथा प्राचार्यकालागि दुई दिने क्षमता विकास कार्यक्रम


  • सोमबार, मंसिर २५ २०८०

बुटवल, २५ मंसिर । रुपन्देहीका उच्च शिक्षालयका प्राचार्य तथा कलेजका प्रमुखहरुका लागि दुई दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सोमबारदेखि तिलोत्तमामा सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा रुपन्देहीका मावि तहका प्राचार्य तथा कलेजका प्रमुखहरुहरु गरी पाँच दर्जनबढी शैक्षिक अगुवाहरुको सहभागिता रहेको छ ।
वर्तमान शैक्षिक अवस्था, त्यसमा गुणस्तरवृद्धि, शिक्षालयको विकास, नेतृत्व तथा ब्यक्तित्व विकास, शैक्षिक विकास तथा रुपान्तरणलगायतका विषयमा दुई दिन छलफल तथा अन्तरसंवाद हुने हिसान रुपन्देहीका सचिव बाबुराम बन्जाडेले जानकारी दिए ।
। कार्यक्रममा अन्तरष्ट्रिय मोटिभेशनल ट्रेनर नरबहादुर कार्कीले शिक्षामा गणस्तरवृद्धिमा शिक्षालय प्रमुखको भुमिका, क्षमता विकासका उपाय, शैक्षिक रणनीतिक योजना, गुणस्तरीयताका लक्ष्यप्राप्ती लगायतका विषयमा सहजीकरण गर्नु हुने छ ।
हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसालले रुपन्देहीको शैक्षिक अवस्थालाई मुलुककै नमुना बनाउनका लागि योजनाबद्ध रुपमा तालिम र कार्यक्रमहरु गरिएको जानकारी दिनुभयो । सोही अनुसार प्राचार्य, क्याम्पस प्रमुख र शिक्षाविद्हरुलाई एकै ठाँउमा राखेर कार्यक्रम गरिएको बताए
कार्यक्रममा हिसान नेपालका केन्द्रीय निर्देशक प्रा.डा.आर.सी. आचार्य, केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्याय, केन्द्रीय सदस्य कृष्ण पौडेल, दामोदर भुसााल, प्रदेश परिक्षा ब्यवस्थापन कार्यालयका प्रमुख रमाकान्त तिवारी, जिल्ला शिक्षा समन्वय ईकाइका प्रमुख माधव बन्जाडे, अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, बुटवल उपमहानगर शिक्षा महाशाखा प्रमुख मित्रमणी खनाल, गंगाराम आचार्य, टिकाराम शर्मालगायतको कार्यक्रममा सहभागिता रहेको कोषाध्यक्ष नबेन्दु ढकालले जानकारी दिए ।
मंगलबारसम्म चल्ने कार्यक्रममा मावि तहका प्राचार्य, कलेजका प्रमुख तथा नगरका शिक्षा महाशाखा तथा शाखाका प्रमुखहरुले शैक्षिक गुणस्तर विकासका आधार र नेतृत्व र ब्यक्तित्व बिकासका अवधारणाहरुका विषयमा आआफ्ना धारणहरु राख्नु भएको हिसानका बरिष्ठ उपाध्यक्ष पुष्प घिमिरेले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend