१९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेका छन् । अवलोकनपछि उनले कामको गुणस्तरमा सम्झौता गर्न नहुने बताए ।
महाकाली–मेची अभियानको क्रममा मंगलबार बिहान भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेपछि उनले भने, ‘यहाँको कामको गुणस्तरमा कम्प्रोमाइज गर्न मिल्दैन, किनभने यो प्रकृतिसँगको कारोबार छ । यो प्रकृति, खोला, जमिनसँगको कारोबार हो । यसमा अलिकति मात्रै लापरवाही भयो भने राम्रो हुँदैन ।’
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend