बुटवल,मङ्सिर १२,
खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देहीद्धरा स्थापना दिवसको अवसरमा जनशक्ती नमुना अधारभुत बुटवल १७ रानीगन्जमा सहयोग प्रदान गरेको छ ।
संस्थाको १७ औ स्थापना दिवसको अवसरमा विद्यालयको आबस्यताको आधारमा विद्यालयलाई मङ्गलवार पङ्खा हस्तान्तरण गरिएको छ । सो अवसरमा बोल्दै खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष मोहन प्रसाद बस्याले खुद्राले धेरै ठाउँमा सहयोग गर्ने क्रममा अहिले विद्यालयको आवस्यता हेरेर पङ्खा हस्तान्तरण गरिएको बताए । कार्यक्रमका विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टङ्क प्रसाद न्यौपाने , प्र अ कल्पना भण्डारी, सङ्घका पूर्व अध्यक्ष केशव कुवर, सल्लाहकार कृष्ण प्रसाद पाण्डेय , सचिव दधिराम ज्ञवाली लगायत बोल्दै विद्यालय र संस्था सम्बन्ध थप बलियो बन्नु पर्ने बताएका थिए ।