बुटवल मङ्सिर १२,
नवीन औद्योगिक कदर बहादुर रिता मा।वि। व्यवस्थापन समूह स्नातक तहमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल र कक्षा ११ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थी सम्मान कार्यक्रम मङ्गलवार सम्पन्न भयो ।
प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख उपसचिव माधव बन्जाडेले विद्यार्थीहरूले पठनपाठनलाई थप व्यवस्थित गर्नुका साथै सामाजिक रूपमा घरमा, आफन्तसँग, अग्रजहरूसँग सामाजिकीकरण हुनुका साथै गतिशिला नेतृत्व गर्न सक्ने गरी सफल हुन विद्यार्थीहरूलाई आग्रह गर्नु भयो ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले कक्षा ११ को समूहगत विषयगत सेक्सनगत नतिजा विश्लेषण गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा कक्षा ११ विज्ञान समूहकी छात्रा आस्था पाण्डेयको सञ्चालनमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सहायक निर्देशक कोपिला ज्ञवाली, सहायक प्रधानाध्यापक अर्जुन खनाल लगायतले धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बिबिएमा उत्कृष्ट सिर्जना पोखरेल, विष्णु माया ढकाल, समीक्षा चापागाईँ, उपहार विश्वकर्मा, प्रदीप सुनार र सामना खड्कालाई सम्मान र कक्षा ११ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरू प्रवीन अधिकारी, शिव गैरे, आकृति अधिकारी, राजु यादव, पवन पौडेल, इफान अन्सारी, रमण वि।क।, भगवती कुँवर, ऋतु भुसाल, भागिरथ थारु सुदिप खड्का, अविशेक कार्की र निरुता दर्लामीलाई प्रमुख अतिथिले सम्मान गर्नु भएको थियो ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend