logo
  • शुक्रबार, असोज ३० २०८३

जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगितामा बुटवल ब्याडमिन्टन क्लबले चार वटै विधामा स्वर्ण  पदक


  • सोमबार, मंसिर ११ २०८०

बुटवल मङ्सिर ११
रुपन्देही जिल्ला ब्याडमिन्टन सङ्घले आयोजना गरेको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा बुटवल ब्याडमिन्टन क्लबले चार वटै विधामा स्वर्ण पदक प्राप्त गरेको छ ।  तिलोत्तमा नगरपालिका वार्ड  ६ को १०नम्बर भन्ने ठाउँमा मङ्सिर ८र ९ दुई दिनसम्म चलेको  प्रतियोगितामा बुटवल ब्याडमिन्टन क्लबले  सबै विधा  जित्न सफल भएको हो । प्रतियोगितामा  भेन्टास  प्रथम  पङ्कज ज्ञवाली , दीप आचार्य  सुपर भेन्टासमा  नारायण घिमिरे,सुदिप कँडेल सिगङ्ग फस्टमा  गणेश रायमाझी भएका छन् । यस्तै  मेन डवल फस्टमा गणेश रायमाझी विश्वास नेपाल अब्बल  भएको  बुटवल ब्याडमिन्टन क्लबका सचिव भानु के सीले बताए । उक्त प्रतियोगिता रुपन्देहीमा विभिन्न २३ वटा क्लबहरूको सहभागिता रहेको  जिल्ला ब्याडमिन्टन सङ्घका सचिव दीप आचार्य बताए । कार्यक्रममा एक समारोहका विच प्रमुख अतिथि  सिद्धार्थ नगरपालिका मेयर इस्तीयाक अहमद खाँले  प्रमाण तथा मेडल प्रदान गरेका थिए ।
बुटवल ब्याडमिन्टन क्लब  उपत्यकाका बाहिरको पुरानो तथा र उकृष्ट खेलाडी उत्पादन गर्ने   क्लबको रूपमा परिचित रहेको क्लबका अध्यक्ष पङ्कज ज्ञवाली बताए । उनले आफूहरूले राष्ट्रिय स्तरको  तीन वटा  खेल यस अघि बुटवलमा गराएको  बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend