बुटवल,मङ्सिर ४ ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा बटुकहरुलाइ ब्लाङ्केट तथा सिरक प्रदान गरिएको छ ।बुटवल गोलपार्क चिडिया खोलामा रहेको श्रीकृष्ण प्रणामी सेवा मन्दिरमा रहेका बटुकहरुलाइ ब्लाङ्केट,सिरक तथा मिठाइ प्रदान गरिएको हो ।
श्रीकृष्ण प्रणामी सेवा मन्दिरमा रहेका बटुकहरुलाइ समाजका केन्द्रिय सचिव मिना ढकाल,जिल्ला सभापति खिमप्रसाद भट्टराइ कृष्ण,उपसभापति कपिल ज्ञवाली, सचिव कृष्ण प्रसाद पाण्डे, कोषाध्यक्ष लिलाधर लुईटेल,सदस्य मोहनीलाल न्यौपाने,केशन पाण्डे, युवा बिभागका संयोजक महेश पौडेल लगायतले ब्लाङ्केट,सिरक तथा मिठाइ प्रदान गरेका थिए ।
सो अबसरमा समाजका केन्द्रिय सचिव मिना ढकालले बालबालिकाको अधिकारका लागि सधै शान्ति समाजले भूमिका निभाइरहेको बताईन्
श्रीकृष्ण प्रणामी सेवा मन्दिरका अध्यक्ष घनराज पोख्रेलले शान्ति समाजले पुण्य काम गरेको भन्दै प्रशंसा गरे
कार्यक्रममा रुपन्देही मिष्ठान्न तथा क्याटिङ व्यावसायिक संघका अध्यक्ष लक्ष्मण पोखरेल,बुटवल उद्योेग बाणिज्य संघका सचिव प्रतिक पोखरेल,रुपन्देही डेरी ब्यवसायी समितिका अध्यक्ष रामकृष्ण पौडेल,शान्ति समाजका सचिव कृष्ण प्रसाद पाण्डे,कोषाध्यक्ष लिलाधर लुईटेल लगायतले बोलेका थिए ।
आज ३४ औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन्।
बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चिताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो।
नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन्। यसमा बालबालिकाको सर्वोत्तम हित, अधिकार कार्यान्वयन, जीवन, बचाउ र विकास, पहिचानको संरक्षण, बालबालिकाको विचार तथा भावनको कदर, अभिभावकको दायित्व, सामाजिक सुरक्षा, बालश्रम, बेचबिखन, ओसारपसार र अपहरण, बालमैत्री न्याय लगायतका व्यवस्था छन्।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend