बुटवल , ४ मङ्सिर । नेपाल महिला सङ्घ जिल्ला कार्य समिति पश्चिम नवलपरासीको तदर्थ समितिको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम आज एक कार्यक्रम विच परासीमा सम्पन्न भएको छ ।
परासी स्थित बिपी स्मृति भवन परिसरमा भएको उक्त कार्यक्रममा नेपाल महिला सङ्घ जिल्ला कार्य समिति पश्चिम नवलपरासीका अन्तर्गत समितिमा मनोनयन गरिएका पदाधिकारी तथा सदस्यहरुलाईे पदस्थापन तथा शपथ ग्रहण गराइएको हो ।
महिला सङ्घकी सभापति तारा देवी भण्डारीको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको प्रमुख आथित्यता भएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले पार्टीमा महिला सङ्घको महत्पूर्ण भूमिका रहेको बताए । उनले पार्टी विभिन्न कालखण्डमा महिला सङ्घले पार्टी थपै गुन लगाएको बताए । नेपाली काँग्रेसका नेता एवम् सङ्घीय सांसद विनोद चौधरीले स्थानीय तह , प्रदेश र केन्द्रीय तह सम्म महिलाको उचित व्यवस्थापनका लागि पार्टीले पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा मनोनयन भएका पदाधिकारी एवम् सदस्यहरूलाई महिला सङ्घकी केन्द्रीय अध्यक्ष उषा मिश्रले शपथग्रहण गराएकी थिइन् । सो क्रममा प्रदेश सभा सदस्य बैजनाथ जयसवाल , नेपाली काँग्रेसका नेता मोहन शर्मा , महिला सङ्घकी केन्द्रीय सदस्य कमला तिवारी , लगायतले सङ्गठन बिस्तार बारे आ आफ्नो धारणा राखेका थिए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend