logo
  • शुक्रबार, असोज ३० २०८३

तिलोत्तमा विश्वका नगरपालिकाहरूको संस्था सिटीनेटको सदस्य


  • बिहिबार, कार्तिक ३० २०८०

३० कार्तिक
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विश्वभरका नगरपालिकाहरूको संस्था (सिटीनेट ) को सदस्यता प्राप्त गरेको छ । विश्वका नगरहरू बिच आपसी सहयोग र सहकार्यमा जोड दिने मञ्चको रूपमा रहेको उक्त संस्थामा प्रवेश गर्ने तिलोत्तमा नगरपालिकाले पाएको हो ।
दक्षिण कोरियाको सियोलमा सचिवालय रहेको यस संस्थाको कार्यसमितिमा सर्व सम्मत रूपमा तिलोत्तमालाई सदस्यता प्रदान गरेको तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणले बताए ।  विश्वभरका नगरपालिकाहरू सदस्यता प्राप्त गर्नका लागि आकर्षित हुने यस संस्थामा आविद्धतासँगै तिलोत्तमाले विकासमा थप एक सफलताको खुड्किलो उक्लिन सफल भएको उनले दाबी गरे ।
सिटीनेट सन् १९८७ मा स्थापित सहरको विकासका लागि प्रतिबद्ध निकाय र संस्था आबद्ध भएको संस्था हो। एसिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिकालगायत अन्य सरोकारवाला आबद्ध रहेको संस्था ‘सिटीनेट’ले सहरलाई विकसित र समृद्ध बनाउनका लागि नेतृत्व गरिरहेका नेतृत्वकर्ताको क्षमता अभिवृद्धि गर्न सहयोग  गर्ने जनाएको छ । यस्तै  सिटीनेटसँग आबद्ध भएका नगर र सङ्घसंस्थाबिच असल अभ्यास र अनुभव आदानप्रदान गर्ने गरिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend