बुटवल कार्तिक २३ ।
लायन्स क्लब अफ बुटवल सोट्रलले भूकम्प पीडितहरूलाई राहत सामाग्री प्रदान गरेको छ । जाजरकोट जिल्लाको खलङ्गामा पुगेर स्थानीय जनप्रतिनिधि,जिल्ला प्रहरी कार्यालय डिएसपी सन्तोष रोकायको समन्वयमा भूकम्पबाट पीडित स्थानीयहरूलाई राहत सामाग्री प्रदान गरेकीको छ । यहाँ गत शुक्रवार राती आएको भूकम्पबाट जाजरकोटमा ठुलो जनधनको क्षति भएको थियो
क्लबका अध्यक्ष बल बहादुर गोदार (बाल्दार ) पूर्व अध्यक्ष जे.डी. वरासी, कोषाध्यक्ष कृष्ण प्रसाद घिमिरे,सह कोषाध्यक्ष काशीराम पोख्रेल सदस्य केशव पोख्रेल लगायत टोलीले राहत सामाग्री प्रदान गरेको थियो। क्लबका अध्यक्ष बल बहादुर गोदार ( बाल्दर) ब्लकेट, न्यानो कपडा,चामल,चिउरा,चाउचाउ लगायतका सामाग्री प्रदान गरेको बताए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend