logo
  • शनिबार, कार्तिक १ २०८३

इजरायलमा खटिएका एक नेपाली शान्ति सेना गोली लागेर घाइते


  • आइतबार, कार्तिक १२ २०८०

एजेन्सी ।

इजरायल र हमास बीचको युद्धमा परेर एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । इजरायल र हमासबीचको युद्ध रोक्न दक्षिणी लेवनानमा खटिएका संयुक्त राष्ट्रसंघमा कार्यरत ती नेपाली शान्ति सैनिक घाइते भएको लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्थालाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

समाचारमा जनाइएअनुसार नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको छ । घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन । उनको अवस्थामा भने सामान्य रहेको समाचारमा उल्लेख छ ।

संयुक्त राष्ट्र संघको अन्तरिम बल लेबनानका प्रवक्ता एन्ड्रिया टेनेन्टीले गोली लागेर एकजना नेपाली सैनिक सामान्य घाइते भएको जानकारी दिएका छन् । हमास नियन्त्रित क्षेत्र गाजा नजिकै भएको युद्धको क्रममा ती सैनिकलाई गोली लागेको समाचारमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend