logo
  • शनिबार, कार्तिक १ २०८३

अनुभुती मिठो पर्खाईको-कविता


  • शुक्रबार, साउन २५ २०८१

तिमी बाट टाडा छु

तर तिम्रा अनुग्रहको प्रशंसा आफैलाई गर्छु

अनिश्चित तिव्र गतिमा मेरो नयनमा ढुल्छौ

 

प्रत्येक सूर्योदय तिम्रो पर्खाईमा उदाउछ

नयन नथाकेको देखदा आश्चर्य लाग्छ

 

उपस्थिति तिम्रो ,जिवन मेरो उधे्शयपूर्ण

जस्तै आकाशीय नक्षत्र रातमा मार्गदर्शन दिने

 

दिप भई प्रकाश अटल दिन्छौ

नजिक पर्छु सम्बन्ध अश्रुरहित बुनछौ

 

कोरिएका छन तिम्रा नाउ मेरो मुटुमा

जब मनन गर्छु तीव्र गति ले धड्कन्छौ

 

अर्थहीन दिन हरु मेरा

अर्थपूर्ण हुनेछन अब

 

अन्तत : अनन्त भेट्नेछौ

कहिल्यै छुट्टनेछैनौ

-सुरभी श्रेष्ठ

( मेरो प्रेमीको लागी समर्पण )

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend