बुटवल , भदौ २७ महिला उद्यमीहरुले ललितपुरमा सञ्चालन गरेको वीन बहुउद्देश्यीय सहकारी संस्थाले रुपन्देहीमा महिला उद्यमीसंग सहकार्यको लागि प्रस्ताव गरेको छ । बुधबार बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा भेटघाट गरी यस क्षेत्रका घरेलु तथा साना महिला उद्यमीसंग सहकार्यको लागि प्रस्ताव गरेको हो ।

भेटघाटमा वीन बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष मालिका श्रेष्ठले ३५ जना महिला उद्यमी मिलेर सुरु गरिएको यो सहकारीमा शेयर सदस्य हुनको लागि उद्यम गरेको महिला हुनुपर्ने बताए ।
भयो । यो सहकारी संस्थामा ३३४ जना शेयर सदस्य छन् । जो सबै उद्यमी हुन्
त्यस अवसरमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले रुपन्देहीमा हस्तकला तथा जडिबुटी प्रशोधनका साना तथा मझौला उद्योगमा राम्रो सम्भावना भएपनि महिलाहरु त्यसतर्फ आकर्षित हुन नसकेको बताए।
त्यसै अवसरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.ले उद्योगी व्यवासायी एम.एस.एम.ई योजनाको बारेमा जानकारी गराएको छ । कार्यक्रममा बैंकका बुटवल शाखा प्रवन्धक अमृत थापाले साना, मझौला तथा घरेलु उद्योगमा १० प्रतिशत कर्जा प्रवाह अनिवार्य रहेको बताउँदै त्यसबाट साना मझौला तथा घरेलु उद्योगहरुले लाभ लिन सक्ने जनाए ।
पुँजीको आधारमा नेपालमा सबैभन्दा ठूलो यो बैंकको लुम्बिनी पदेशका ११ जिल्लामा २९ वटा शाखा, ३१ वटा एटिएम, साढे ४ लाख सेवाग्राही रहेको पनि छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभाकी पूर्व सदस्य रमा अर्यालले बैंकले सेवाग्राहीलाई समस्या आउन नदिनेगरी र झण्झटहरु हुन नदिनेगरी काम गर्नुपर्ने सुझाव दिईन् ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend