असोज ९,
बुटवल । दसैँको अवसर पारेर यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ को टिम यती बेला प्रचार प्रसारका लागि देश दौडाहामा छ ।
फिल्मका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित फिल्मको टिमले हिजो नेपालगन्जमा रहेको टोलीले आज बुटवलमा बुटवलमा पत्रकारहरूसँग साक्षात्कार गरेको छ । छ भने केही कलेजमा नाटक पनि प्रदर्शन गरेको छ ।
साक्षात्कार कार्यक्रममा फिल्मका मुख्य कलाकार अभिनेता प्रकाश सपूतले ‘परदेशी २’ आफू अभिनीत पहिलो फिल्म भएका कारण एकदमै उत्साहित रहेको बताए । आगामी दिनमा आफ्नै कथामा फिल्म निमार्ण गर्ने योजनामा रहेको उनले सुनाए । प्रकाशको यो डेब्यु चलचित्र हो । त्यस्तै अभिनेत्री केकी अधिकारीले आफ्नो ३३ औ फिल्म भएको यसमा नेपालीहरूको कक्षा र अन्य धेरै पक्ष राम्रो भएको यो सफल हुने दाबी गरिन् ।
मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ ले पूरा गरिदिएको उनले सुनाइन् । ‘परदेशी २ मा प्रत्येक घर–घरको कथा समावेश छ । यो फिल्मले मेरो मौलिक कथामा काम गर्ने रहर पूरा गरिदियो । यो हामि सबैको कथा समेटिएको फिल्म हो ।
निर्देशक नारायण रायमाझीले फिल्मले हाम्रो समाजको कथा उठान गरेकोले दर्शकले रुचाउनेमा आशावादी रहेको बताए । संसार घुमे पनि आफ्नो मातृभूमि र आमाबुबालाई भुल्नु हुँदैन भन्ने ‘परदेशी २’को मुख्य सार रहेको उनले सुनाए । ‘परदेशी २’ले सेन्सर बोर्डबाट प्रदर्शन अनुमतिसमेत प्राप्त गरिसकेको छ ।
उनले आफ्नो पहिलो फिल्म गोरखा पल्टन देखी अहिले सम्म विदेशनीहरुको कथा रहेको बताउँछन् । पहिलो फिल्म विदेश फौजका लागि जाने दोस्रोमा रोजगारीका लागि र तेस्रोमा अहिले अध्ययनका लागि जानेहरुको कक्षा समेटिएको बताए ।
फिल्मको टिमले मङ्गलवार नै बुटवलका विभिन्न कलेजहरूमा पुगेर ड्रामा प्रस्तुत गर्दै विद्यार्थीहरूसँग पनि साक्षात्कार गरेको थियो । पर्दामा देख्ने प्रकाश सपूत र केकी अधिकारीलाई आँखै अगाडि देख्न पाउँदा विद्यार्थीहरू निकै खुसी देखिएका थिए ।
राजेश वंशल अग्रवाल र नारायण रायमाझीको निर्माण रहेको फिल्ममा प्रकाश र केकीका साथमा वर्षा सिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।
फिल्मलाई मानकृष्ण महर्जनले छायाङ्कन गरेका हुन् । भने पाल्पा पोखरा काठमाडौँ लगायतका ठाउँमा सुटिङ भएको छ ।
‘परदेशी २’को टिम पोखरा हुँदै केही दिनमा काठमाडौँ फर्किनेछ ।