बुटवल, असोज १६
रुपन्देहीमा सिद्धार्थ नगर पालिका वार्ड नम्बर १० शव दाह गृह भुमाफियाले विक्री गरेको घटना बाहिर आएको केही दिन पछि गौतम बुद्ध विमान स्थलको रव ओ जग्गा समेत विक्री भएको खुलेको छ ।
माफिया गिरोह र मालपोत कार्यालयको मिलेमतोमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको पाइएको हो ।
यी दुवै ठाउँमा जग्गालाई जिल्ला प्रशासन कार्यालयले छानबिन गरिरहेको छ ।मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत कुमार आचार्य नेतृत्वका कर्मचारीसहितको टिम र माफिया गिरोहको मालपोतमा विमानस्थलको रन–वे क्षेत्र नै व्यक्तिको नाममा दर्ता गरेको तथ्य बाहिरिएको हो ।
२०२१ सालमा भूमिसुधार ऐन लागू भएपछि तत्कालीन समयमा ७ नम्बर फाँटवारी सुर्जा मिश्राईनले ३० बिगा १४ कट्टा १४ धुर जग्गाको फाँटवारी भरेको देखिन्छ ।
उक्त जग्गा मालपोत कार्यालयबाट पर्वतराज कान्त मिश्रको नाममा दर्ता गरेपछि जग्गाको मुआब्जाको लागि गौतम बुद्ध विमानस्थल सुदृढीकरण कार्य आयोजना कार्यान्वयन इकाईमा निवेदन परेपछि जग्गाको विवादसहितको रहस्य बाहिर आएको हो ।तत्कालीन जग्गा धनी सुर्जा मिश्राइनले कालिकालीजीलाई दिएको ३० बिगामध्ये १३ बिगा १३ कट्टा ८ धुर मोहीमा परेको छ । त्यसमध्ये १० बिगा ६ कट्टा १९ धुर पर्वतराज कान्त मिश्रको नाममा गएको देखिन्छ । त्यसमध्ये ६ बिगा १ कट्टा ६ धुर जग्गा फिल्ड बुकमा खाली रहेको छ । फिल्ड बुकमा कसैको पनि नाम उल्लेख नभएको उक्त जग्गामध्ये ४ बिगा १७ कट्टा ६ धुर जग्गालाई मालपोत कार्यालयका प्रमुख कुमार आचार्य र नायब सुब्बा अजित साहीनले २०८० वैशाख ८ गते पर्वतराज कान्त मिश्रको नाममा दर्ता गराएका हुन् ।उक्त दर्ता प्रक्रिया अहिले शंकापस्द भएको छ । व्यक्तिका नाम दर्ता भएको जग्गा सानो मन्दीर समेत रहेछ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थलभित्रको मिश्रको नाममा दर्ता प्रक्रिया नै शङ्कास्पद देखिएको मुअञ्जाको जग्गा रकम रोक्का गरिएको बताए।आज मुआब्जा समितिको बैठकले यस्तो निर्णय गरेको हो । उनले मालपोतका प्रमुख माथी उक्त जग्गाको विषयमा विभिन्न १० वटा प्रस्न सोधिएको बताए । उक्त जवाफ तीन दिन भित्र दिनु पर्ने छ ।

© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend