५ असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २४।७६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २६२८ अंकमा कायम भएको छ ।
कारोबार रकम बढेको छ । अघिल्लो दिन ९ अर्ब ८ करोडको कारोबार भएकोमा आज ११ अर्ब २३ करोडको भयो । जम्मा ४७ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो सबै समूहगत सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै २।४७ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०।५०, विकास बैंक १।१२, फाइनान्स ०।९३, होटल तथा पर्यटन ०।९६, हाइड्रोपावर १।३४, लगानी ०।७३, जीवन बीमा ०।४१, उत्पादन १।०१, माइक्रोफाइनान्स १।०६, निर्जीवन बीमा ०।३४ तथा अन्य समूह १।१२ प्रतिशत घटे ।
पन्चकन्या माइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै मध्यभोटेकोशी जलविद्युत् कम्पनीको ५।५५, शिवश्री हाइड्रोको ४।०४, पाँचथर पावरको ३।५९ र आँखुखोला जलविद्युत् कम्पनीको ३।२३ प्रतिशत बृद्धि भएको देखिन्छ ।तीन कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घटेको हो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ६।४४, सप्तकोशी विकास बैंकको ५।९० प्रतिशत घट्यो आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी, सानिमा माइ हाइड्रोपावर र राधि विद्युत् अगाडि रहे ।सेयर बजारको अवस्थालाई संक्षेपमा विश्लेषण गर्दा
नेप्से परिसूचकस् २४।७६ अंक घटेर २६२८ अंकमा कायम।
कारोबार रकमस् ११ अर्ब २३ करोड, अघिल्लो दिनको ९ अर्ब ८ करोडबाट वृद्धि।
कम्पनीको मूल्यस् ४७ कम्पनीको मूल्य बढ्यो, २०१ को घट्यो।
समूहगत सूचकस् सबै समूहमा गिरावट, व्यापार समूह सबैभन्दा धेरै २।४७५ घट्यो।
उल्लेखनीय वृद्धिस्
पन्चकन्या माइ हाइड्रोपावरस् १०५
मध्यभोटेकोशी जलविद्युत्स् ५।५५५
उल्लेखनीय गिरावटस्
पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर, भूगोल इनर्जीस् १०५
कर्पोरेट डेभलपमेन्ट बैंकस् ६।४४५
धेरै कारोबारस् ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी, सानिमा माइ हाइड्रोपावर, राधि विद्युत्।
यो बजारमा हाइड्रोपावर क्षेत्रमा मिश्रित प्रदर्शन देखिन्छ, केही कम्पनीमा उल्लेखनीय वृद्धि र केहीमा ठूलो गिरावट। कारोबार रकम बढे पनि समग्र बजार भने ओरालो लागेको छ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend