logo
  • शुक्रबार, असोज ३० २०८३

कपिलवस्तु नगरपालिकामा बृहत वृक्षरोपण कार्यक्रम जारी


  • शनिबार, साउन २७ २०८०

कपिलवस्तु , २७ साउन
नेपाल स्वयंसेवक संघ कपिलवस्तु जिल्ला र नगर कमिटीले आज प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, कपिलवस्तु जिल्ला अस्पताल, जिल्ला कारागार, तथ्याङ्क बिभाग, वडाकार्यालय ३ क।व। , रत्नराज मा। वि , संस्कृत मा। वि ।, यसोधरा , बुद्धपद्म मा।वि। मा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल स्वयंसेवक संघ कपिलवस्तु नगर कमिटीको आयोजना र मायादेवी साझेदारी वन उपभोक्ता समूह, वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ नेपालको सहकार्यमा आज वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।

स्वच्छ वायु, स्वच्छ जीवन तथा मुहान संरक्षणका लागि वृक्षरोपण भन्ने उद्देश्य ले कार्यक्रम सुरुवात भएको नेपाल स्वयंसेवक संघका जिल्ला अध्यक्ष गिरिजेशशरण चौधरीले बताउनु भयो । संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेलले यो अभियान साउन २२ गते देखि नेपालका ७५३ पालिकाहरुमा एकैपटक सुरु भएको बताउदै वृक्षरोपण गरिसकेपछि यसको संरक्षण र संवर्धन गर्नु पनि हाम्रो दायित्व रहेको बताउनु भयो । वृक्षरोपणमा कल्की, अमला, लगायत विभिन्न जातका २०० भन्दा धेरै बिरुवाहरु रोपिएको र ३०० बिरुवा मायादेवी र शुद्धोधन गाउपालिकामा रोपिएको छ ।

चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि मधुसूदन शरण चौधरी, विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्य, क।व प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य र नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेलको रहेको थियो भने अतिथिहरुमा कारागार प्रमुख मनोज सैनी, संघका केन्द्रीय सदस्य तथा अन्तराष्ट्रिय सम्पर्क समितीको संयोजक हेमन्त भुसाल, कपिलवस्तु अस्पताल प्रमुख डा० बिपिन जैसवाल, नेपाल स्वयंसेवक संघ विपत् व्यवस्थापन समितिको केन्द्रीय संयोजक रेनु सेन ठकुरी, विपत् व्यवस्थापन समिति प्रदेश समन्वय कर्ता कपिलवस्तु जिल्ला प्रमुख तारावती चौधरी, लगायतको उपस्थीति रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend