
असोज ६,
काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० को नयाँ नेतृत्वको लागि आज शनिवार निर्वाचन हुदैँछ । अध्यक्षको लागि दुई जनामा मैदान उत्तिएका छन् ।
क्यानको भावी अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने जनाईएको छ ।
शुक्रबार साधरण सभा तथा बन्द प्रशिक्षण सम्पन्न गरेको क्यानले शनिवार निर्वाचन कार्यतालिका सार्बजनिक गरेको थियो ।
जसअनुसार नयाँ नेतृत्वका लागि आज उम्मेदवारको प्रथम नामावली प्रकाशन बिहान ११ः ०० बजे हुनेछ भने उम्मेदवारको मनोनयन उपर उजुर र छानविन बिहान ११ः ४० बजेको समयसिमा तोकिएको छ ।
यसरी उम्मेदवारी दिएका उम्मेदवारले नाम फिर्ता लिन चाहाने उम्मेदवारले बिहान ११ः ५५ बजेसम्म फिर्ता लिई सक्नु पर्नेछ । यसपछि मात्रै उम्मेदवानरको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । त्यसपछि मात्रै मतदान प्रक्रिया सुरु हुनेछ ।भावी नेतृत्वका लागिहुने क्यानको निर्वाचनमा कुल ८४ मत रहेको छ । कुनैपनि उम्मेदवारले प्रमुख पद जित्नका लागि ४३ मत मात्रै ल्याउन सकेमा बिजयी हुनेछ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend