logo
  • शुक्रबार, असोज ३० २०८३

निडर प्रतिस्पर्धी भएर खेल्ने, एसिया कपमा पुग्ने


  • सोमबार, असार १८ २०८०

काठमाडौं । अघिल्लो महिना आईसीसी क्रिकेट विश्वकप लिग टूको प्रदर्शनसँगै नेपाल टिमप्रति अपेक्षा ह्वात्तै बढेको छ । नेपालले अर्को सातादेखि एसीसी प्रिमियर कप खेल्दा स्वाभाविक रूपमा प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहनेछ ।

यो उपाधिले एसिया कप क्रिकेटमा ऐतिहासिक सहभागिता मात्रै गराउँदैन भारत र पाकिस्तान जस्ता विश्व महारथी टिमसँग खेल्ने सपना पनि साकार पार्नेछ ।

लिग टू शृंखलामा एक महिनाको बीचमा १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अविश्वसनीय प्रदर्शन गरी विश्वकप छनोटमा स्थान बनाएको नेपाल टिमले दुई साता विश्राम गरेको थियो । नेपाली टोली फेरि प्रशिक्षणमा जुटिसकेको छ । त्रिवि मैदान कीर्तिपुरमा प्रशिक्षणरत २० खेलाडीबाट प्रशिक्षक मोन्टी देशाईले प्रतियोगिताका लागि १५ जनाको टिम घोषणा गर्नेछन् ।

‘अहिले देशकै इच्छा भनेको गगनचुम्बी भएर उड्नु हो । हामीले उहाँहरूलाई खुसी बनाउन त्यसरी नै खेल्नुपर्छ’ मोन्टीले भने, ‘हाम्रो अहिलेको पहिचान भनेको निडर प्रतिस्पर्धी भएर खेल्नु हो । हामीले यसरी खेलेरै नतिजा ल्याउनुपर्छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend