logo
  • शुक्रबार, असोज ३० २०८३

लुम्बिनीका विदेशी मुद्रा सटहीको बाटो खुल्यो


  • मंगलबार, असार २६ २०८०

असार
लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा श्रद्धालुले दान स्वरुप चढाएका बिदेशी मुद्राको सटही प्रक्रियाको सुरुवात भएको छ । नेपाल राष्ट्र बैंकको परिवत्र्य ९सटही० विदेशी मुद्राको सूचीमा नपरेका देशमध्ये २० राष्ट्रका मुद्रा सिंगापुरस्थित सिआइएमबी बैंकबाट पहिलो पटक सटही भएको रकम लुम्बिनी विकास कोषले दुई हप्ता अघि प्राप्त गरेको छ । सटही प्रक्रियाको यो सुरुवातसँगै लुम्बिनीमा जम्मा हुने यस खालको मुद्राको व्यवस्थापनका लागि बाटो खुलेको छ

लुम्बिनीमा श्रद्धालुले दान स्वरुप चढाएका बिदेशी मुद्राको बर्षौंदेखि सटही हुन नसक्दा उपयोगबिहीन अवस्थामा थियो । ‘नेपालमा सटही हुन नसक्ने २० वटा मुलुकका मुद्रा पहिलो पटक सटही हुनुले लुम्बिनीमा दान स्वरुप प्राप्त हुने त्यस्ता मुद्राको सटही प्रक्रियाको बाटो खुलेको छ’, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई ९सिद्धिचरण०ले भने, ‘त्यस्ता मुद्रा सटही प्रक्रियाबाट लुम्बिनीप्रतिको धारणा थप सकारात्मक बन्ने छ ।’

मुद्रा सटहीका लागि लुम्बिनी विकास कोषले गत चैत २२ गते नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखासँग सम्झौता गरि चैत २७ मा २० वटा राष्ट्रका मुद्रा उपलब्ध गराएको थियो । नेपाल राष्ट्र बैंकको सिद्धार्थनगरस्थित प्रादेशिक कार्यालय मार्फत् सिंगापुरको पुर्याइएका ति मुद्राको सटहीबाट कोषले कुल ५४ लाख २९ हजार ७ सय ७१ रुपैयाँ प्राप्त गरेको हो ।
सटहीका लागि कोषले नेपाल राष्ट्र बैंक लगायत विभिन्न निकायमा सात–आठ बर्ष अघिदेखि पत्राचार गर्दै आए पनि कुनै टुंगो लाग्न सकेको थिएन । अहिले सटही भएका २० वटा राष्ट्र बाहेकका अन्य विभिन्न राष्ट्रका सटही हुन नसकेका मुद्रा कोषसँग प्रशस्त छन् । सटही हुन नसकेर कोषमा थन्केका मुद्रा सटहीका लागि पहल गर्ने सहमती भएपछि राष्ट्र बैंकले कोषसँग त्यस्ता मुद्रा–नोटको बिस्तृत बिबरण माग गरि सवै नोटको बिबरण सिंगापुरको सिआइएमबी बैंकमा पठाउँदा उक्त बैंकले २० वटा राष्ट्रका मात्रै नोट सटही गर्न तयार भएको जनाएपछि त्यही अनुरुप सटहीका लागि मुद्रा पठाइएको नेपाल राष्ट्र बैंक लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाका उपनिर्देशक जीवनप्रकाश पाण्डेले बताए ।

उनका अनुसार, सटही हुन बाँकी १० प्रतिशतमध्ये पनि केही थप आउने सम्भावनामा छन् । च्यातिएको, केरमेट गरिएको, धुजाधुजा भएको, धेरै पुरानो भएकाले चलन चल्तीमा नआएका, अबिर वा रंग लत्पतिएको नोट भने सटहीका लागि उक्त बैंक तयार नरहेको उनले बताए । कोषले २०७२ सालदेखि त्यस्ता मुद्राको विवरणकासाथ सटहीका लागि पहल सुरु गरेको हो । त्यो भन्दा अगाडि यस खालका मुद्रा कुन–कुन राष्ट्रका कति थिए रु भन्ने वारेमा कोषसँग आधिकारिक बिबरण छैन ।
२०७२ अगाडिका यस खालका बिदेशी मुद्रा सटही नहुने भन्दै कपडामा पोको पारेर थन्क्याइएकाले मुद्रा ओसले सडेर धुजाधुजा भइ नष्ट भइसकेका छन् । कोषको लेखा शाखाका कर्मचारी विकास लामाले नेपाल राष्ट्र बैंकबाट सटही नहुने अझै ८० वटा मुलुकका मुद्रा कोषसँग रहेको बताए । ‘सिंगापुरको बैंकले २० वटा राष्ट्रका मात्रै मुद्रा सटही गर्न तयार भएपछि अन्य मुलुकका बाँकी भएका हुन्’, लामाले भने, ‘कतिपय नाम नै नसुनिएका मुलुकका पनि मुद्रा छन् । तर अव न्युन परिमाणमा मुद्रा छन् ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend