logo
  • शुक्रबार, असोज ३० २०८३

भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा उच्च सतर्कता,


  • बिहिबार, असोज ८ २०८३

बुटवल, असोज ८ ।
असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि विपद्को विभिन्न ठाउँमा सर्तकता अपाउन सरकारले ा आ आफ्नो ढंगबाट आग्रह गरेको ट । भने केही पुर्व तयारी पनि गरेको छ । लुम्बिनी प्रदेशमा जोखिम न्यूनीकरणका लागि प्रदेशदेखि स्थानीय तहसम्म पूर्वतयारी तीव्र पारिएको छ।
मौसम पूर्वानुमानसँगै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूले बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।
लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा यातायात मन्त्रालयले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने जनाएको छ।
वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम रहेको भन्दै मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयका निमित्त सचिव सुरेशचन्द्र आचार्यका अनुसार प्रदेशका १२ वटै जिल्ला र १०९ स्थानीय तहलाई पत्राचार गरी विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।
‘प्रदेशका १२ जिल्ला र १०९ स्थानीय तहलाई नै पत्राचार गरेर सतर्कताका सबैखाले उपाय अपनाउन अनुरोध गरेको बताए ।
सोहीअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयले पनि स्थानीय अवस्था र जोखिमका आधारमा सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गर्दै सूचना जारी गरेका छन्।
भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका पाँचवटा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।

असोज ८ गतेदेखि लागू हुने गरी हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म ती सडकखण्डमा आवागमन बन्द रहने प्रशासनले जनाएको छ।
बाढी, पहिरो, भूक्षय तथा सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राखी यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि यस्तो व्यवस्था गरिएको हो।


प्रशासनका अनुसार रातिको समयमा बन्द हुने सडकखण्डमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, भालुवाङ–चकचके सडकखण्डको भालुवाङदेखि गनाहा खोलासम्म, सहिद मार्गअन्तर्गत घोराही–होलेरी, घोराही–मुर्कुटी तथा तुलसीपुर–सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्म रहेका छन्।
प्रशासनले तोकिएको समयअघि नै यात्रा व्यवस्थापन गर्न तथा सडक बन्दसम्बन्धी सूचनाको पालना गर्न यात्रु र सर्वसाधारणलाई आग्रह गरेको छ। मौसम तथा सडकको अवस्थाअनुसार थप निर्णय र सूचना जारी हुनसक्ने प्रशासनले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend