logo
  • शुक्रबार, असोज ३० २०८३

वेस्टर्न मेगा कलेजमा ‘अनुसन्धान लेख लेखन र शोधप्रबन्ध विषय छनोट’ विषयक कार्यशाला सम्पन्न


  • सोमबार, साउन ११ २०८३

बुटवल।  बुटवल–१५, रुपन्देही अवस्थित वेस्टर्न मेगा कलेजको एम.बि.ए विभागको आयोजनामा विद्यार्र्थीहरूलाई लक्षित गर्दै दुईदिने विशेष कार्यशाला अनुसन्धान लेख लेखन र शोधप्रबन्ध विषय छनोट ‘Research Artical Writing and Dissertation Topic selection’ सम्पन्न भएको छ।

व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई अनुसन्धानमूलक लेख लेखन र शोधपत्रका लागि उपयुक्त शीर्षक छनोटसम्बन्धी व्यावहारिक तथा प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यशाला आयोजना गरिएको हो ।

श्रावण ९ गते शनिबार र १० गते आईतबार दुई दिनसम्म सञ्चालित यस कार्यशालामा एम.बि.ए ०३-२०२४, ०९-२०२४, ०३-२०२५का विद्यार्थीहरूको उल्लेख्नीय र उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा कलेजका एम.बि.ए संयोजक  गोपाल खनाल रहेकाे थियाे । उनले विद्यार्र्थीहरूलाई अनुसन्धान लेख Research Artical को महत्व, यसको संरचनागत ढाँचा, लेख्ने चरणहरू तथा दीक्षान्त शोधपत्र (Dissertation) का लागि प्रभावकारी र बजारसापेक्ष शीर्षक कसरी छनोट गर्ने भन्ने विषयमा विस्तृत प्रयोगात्मक तथा व्यावहारिक जानकारी प्रदान गरेका थिए ।

कार्यक्रमका बारेमा प्रकाश पार्दै कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले आजको प्रतिस्पर्धी र आधुनिक युगमा कलेजले केवल सैद्धान्तिक शिक्षामा मात्र सीमित नरही विद्यार्थीको  बौद्धिक क्षमता, अनुसन्धान कौशल र व्यावसायिक दक्षता विकास गर्न यस्ता नवप्रवर्तनात्मक कार्यशालाहरूलाई निरन्तर प्राथमिकता दिँदै आएको बताए ।

साथै यस कलेजमा स्नातक तहमा ४ बर्षे BIT, BHM र स्नातोकोत्तर तहमा २ वर्षे MBA अध्यापन गराईने र वर्ष २०८३ को भर्ना समेत खुलेको कलेज प्रशाशनले जानकारी गराएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend