logo
  • शनिबार, कार्तिक १ २०८३

 बर्दघाट नगर र चीनको सुचाउ महानगरबिच भगिनी सम्बन्धको तयारी


  • बिहिबार, मंसिर १२ २०८२

बुटवल , मङ्सिर ११
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका र चीनको सुचाउ महानगरपालिका  बिच भगिनी सम्बन्ध स्थापनाका लागि तयारी गरिएको छ । सुचाउ नगर र बर्दघाट नगरपालिका बिच खासगरी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने गरी भगिनी सम्बन्ध स्थापना गर्न लागिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिएका छन् ।  उनले उक्त  सम्बन्धले बर्दघाट नगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र अन्तर्राष्ट्रिय बजारसम्म बर्दघाट नगरपालिकाको प्रचार प्रसारमा समेत टेवा पुग्ने बिश्वास लिएको  बताए ।
सुचाउ शहरमा रहेको प्रतिष्ठित कलेज ूसुचाउ युनिभर्सिटी अफ टेक्नोलोजीका प्रोफेसर चाङ वाई र सोही अस्पतालमा बाल रोग विशेषज्ञको रूपमा काम गरिरहेका  नेपाली चिकित्सक डा केशव कुवर लगायतको टिमले भगिनी सम्बन्ध स्थापनाका लागो सहजीकरण गरिरहेको   बताए
प्रोफेसर चाङ वाई सहितको टोलीले आज बर्दघाट नगरपालिकाका स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरूको स्थलगत अवलोकन गरी यहाँको वस्तुस्थिति र सम्भाव्यताका बारेमा जानकारी लिएको छ ।
टोलीले बर्दघाटको दिब्यज्योती बहुमुखी,दाउन्ने क्याम्पस,चिसापानी अस्पताल र सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ताको अवलोकन गरेको हो ।प्रोफेसर वाईले चीनका कलेजहरूमा हुने अध्ययन र अध्यापन विधि अवलोकनका लागि यहाँका शिक्षक र व्यवस्थापन समितिलाई चीन आउन समेत  गरेका थिए । यस अघि प्रोफेसर चाङ वाईको सक्रियतामा पोखरा महानगर र चीनको सुचाउ महानगर बिच भगिनी सम्बन्ध स्थापना भएको  थियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend