बुटवल, मङ्सिर ५
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय बुटवल देवीनगरमा स्वागत तथा विद्यालयसँग रोटरी कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
उक्त अवसरमा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख उपसचिव विष्णु प्रसाद पन्थीले रोटरी क्लब अफ बुटवल चौतारीले मानसिक स्वास्थ्य चेतना र तनाव व्यवस्थापन तथा ध्यानको विज्ञान र अभ्यास कार्यक्रम उदाहरणीय भएकोले विद्यालय तहबाट यस किसिमका संस्कृतिको विकास गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो । रुपन्देही जिल्लाको शिक्षा विकास समन्वय प्रमुखको हैसियतले सबै पक्षसँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
अर्का सहज कर्ता डा। विनोद पौडेलले विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य चेतना र तनाव व्यवस्थापन विषयमा विद्यार्थीहरूलाई सहजीकरण गर्नु भएको थियो ।
सहज कर्ता ई। माधव पौडेलले ध्यानको विज्ञान र अभ्यास विषयमा सहजीकरण गर्नु भएको थियो
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका विशेषताहरू जानकारी गराउँदै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थीलाई स्वागत गर्दै सफल कार्यकालको कामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा कानुन समूह कक्षा ११ र १२ का विद्यार्थीहरू उच्च अदालत तुलसीपुर दाङको अवलोकन भ्रमणको अनुभव कानुन समूहका विद्यार्थी अमृत बेवारे र हविवा खातुनले प्रस्तुत गरेका थिए
प्रमुख अतिथिले रोटरी क्लब अफ बुटवल चौतारीले एमबिबिएस परीक्षामा ५५ रेंकमा नाम निकाल्न सफल राजु यादवलाई एमबिबिएस अध्ययन गर्न रु। १५१११ आर्थिक सहयोग गरेकोमा रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष राजु अधिकारीलाई र विद्यालयको स्व। प्रतिमा काफ्ले स्मृति छात्रवृत्ति अक्षयकोषका संरक्षक पूर्व शिक्षक अभिभावक सङ्घका अध्यक्ष बोधराज काफ्लेले ११००० सहयोग गरेकोमा सम्मान गर्नु भएको थियो ।रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा रोटरी क्लब अफ बुटवल चौतारीका संस्थापक अध्यक्ष तथा विद्यालयका वित्त शास्त्र विषय शिक्षक डा। विष्णु घिमिरेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाई सानो ठिमी भक्तपुरका इन्जिनियर विश्व पौडेल, रोटरी क्लब अफ बुटवल चौतारीका पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरू, विद्यालयका समूहगत इन्चार्ज, विषयगत प्रमुख र विज्ञान समूहका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।