बुटवल, असोज ८ । नेपाली कांग्रेसका युवा नेता होबिन्द्र कार्कीले गुल्मी क्षेत्र नं. १ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्।
लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय कार्की पार्टीसँगै विभिन्न सामाजिक संघ–संस्थामा समेत क्रियाशील छन्। गुल्मी तथा बुटवलमा सामाजिक क्षेत्रमा समेत परिचय बनाएका उनले पार्टी संगठनलाई थप बलियो, गतिशील र प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीलाई थप गतिशील, सुदृढ र नीतिगत रूपमा प्रभावकारी बनाउन युवा पुस्ताको भूमिका महत्वपूर्ण हुने कार्कीको भनाइ छ। पार्टीप्रतिको आफ्नो लामो समयदेखिको योगदान, युवा ऊर्जा, समर्पण र स्वच्छ छविलाई आधार बनाउँदै आफूले उम्मेदवारी दिएको उनले बताएका छन्।
‘संगठन सुदृढीकरण र युवा नेतृत्वका लागि तपाईंको साथ, मेरो प्रतिबद्धता’ भन्ने धारणा अघि सार्दै कार्कीले आगामी असोज १० गते हुने निर्वाचनमा आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend