बुटवल, असोज ३ ।
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका–११ को वडा अधिवेशनका लागि सभापतिका उम्मेदवार देवलाल अर्गलीले आफ्नो प्यानल घोषणा गरेका छन् ।
आइतबार हुने वडा अधिवेशनलाई लक्षित गर्दै अर्गलीले पदाधिकारी तथा सदस्यसहितको प्यानल सार्वजनिक गरेका हुन् । बुटवल उपमहानगरपालिकाका वडामध्ये ठूलो जनसंख्या रहेको वडा–११ को अधिवेशनलाई कांग्रेसभित्र विशेष चासोका साथ हेरिएको छ ।
अर्गलीको प्यानलबाट उपसभापतिमा साजनकुमार भारी र हुममाया खनाल, सचिवमा प्रकाश गौतम तथा सहसचिवमा केशव पुन रहेका छन् ।
महिला सदस्यतर्फ रेखाकुमारी क्षेत्री, लक्ष्मी पराजुली, राधिका भण्डारी र रिम्बो कार्की उम्मेदवार छन् । खुला सदस्यतर्फ राम सुनार, हरिभक्त गाहा र सनतकुमार श्रेष्ठ रहेका छन् ।
त्यस्तै ३० वर्षमुनिका सदस्यमा कृष्णबहादुर थापा, दलित सदस्यमा सीता घर्ती र सदस्यमा लक्ष्मण राना उम्मेदवार रहेका छन् ।
सभापतिका उम्मेदवार अर्गली नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सहसचिवसमेत हुन् ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend