logo
  • शुक्रबार, असोज ३० २०८३

एमालेप्रति मन्त्री ज्वालाको कटाक्ष : धूप, बत्ती बाल्दैमा गठबन्धन ढल्दैन


  • आइतबार, असार ३१ २०८०

काठमाडौँ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन् । आइतवार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढालोस् भनेर धूप, बत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गरे ।

उनले प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु एक ठाउँमा रहेको उल्लेख गर्दै गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गरे ।

उनले भने, ‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ, यो कसैले गठबन्धन ढलोस् भनेर  चाहँदैमा, धुप बत्ती गर्दैमा गठबन्धन ढल्दैन । किनभने यसको ग्राउण्ड छ । प्रतिगमनका बिरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु छन् । चुनावका बेलमा सँगै अघि बढ्का शक्तिहरु एक ठाउँमा छन् । जटिल मोडहरुमा एकतावद्ध भएका शक्तिहरु एक ठाउँमा छन् । यो ढलेर फाइदा पाइहाल्छौँ कि भनेर आशावादी भएकाहरुको आशा पूरा हुँदैन ।’

मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभइ गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend