बुटवल , असोज १६
नेपाल किसान महासङ्घ लुम्बिनी प्रदेश कार्य समितिको सचिव रिता केसी क्षेत्रीलाई मनोनीत भएकी छन् ।
रुपन्देहीको बुटवल निवासी रिता के सी श्रेत्रीलाई किसान महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष बेग बहादुर कुवरले मनोनीत गरेको पत्र दिएका छन्। नेपाल विद्यार्थी सङ्घ देखी राजनीति गरेकी के सी नेपाली काँग्रेस शिक्षा समिति सदस्य ,वुमन
केयर नेपाल अध्यक्ष समेत हुन् । नेपाली काँग्रेस प्रस्ट रूपमा बोल्न सक्ने क्षमता भएकी क्षेत्रीलाई मनोनीत गरेको पत्रको बोधार्थ किसान महासङ्घले नेपाली काँग्रेस केन्द्रीय कार्यालय , प्रदेश कार्यालय कार्यालय , जिल्ला कार्यालय र किसान महासङ्घको केन्द्रलाई पनि दिएको जनाएको छ ।