बुटवल , भदै १२
नेकपा महासचिव नेत्रविक्रम (विप्लव) सीले सफा दिनले सहयोग गर्ने आउदा सहमति अनुसार लागू पर्ने बताए । उनले भाेलि देखि लागू हूने भनिएकाे एससिसिले नेपाली कुनै रुपमा संसान गर्ने उदेश्य हुन नहुने बताउदै नेपाली समाज सहयाेगी रुपमा आउन पर्ने बताए ।
बुटवलमा सन्देश सभा पुष्पकमल दाहाल प्रचण्डकै अगाडि एमसीसीका नाममा नेपाल लुट्न नपाइने बताएका छन् । उनले परियोजनाविरुद्ध आफ्नो पार्टी कडाइका साथ लाग्ने बताए । उनलेे नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि नमिल्ने जिकिर गरे।
उनले भने नेपाललाई निस्वार्थ सहयोग गर्नेको हामीले विरोध गरेको होइन तर शर्तसहितको सहयोग हामीलाई चाहिदैन, उनलेे लहैलहै र मान्छेका मनोगत चाहनाले मात्रै मोर्चा गठन नभएको बताए ।
नेपाल नयाँखाले ध्रुवीकृत हुने ठाउँमा आएको बताउँदै उनले केही राजनीतिक उपलब्धीहरु हासिल भए पनि सामाजिक र आर्थिक रुपमा जनताको जीवनमा परिवर्तन नभएको उल्लेख गरे । सोही कारण बाँकी रहेका आन्दोलनलाई पूरा गर्नका लागि समाजवादी मोर्चाको आवश्यक रहेको उल्लेख गरे।उनलेे विगतको माओवादी आन्दोलनलाई अपराधी र हत्याराको रुपमा चित्रण गर्न खोजिएको उल्लेख गरे । देशभित्र रहेका र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुले चलखेल गरिरहेको उल्लेख गर्दै उनलृ ती सबै कुरालाई समाजवादी मोर्चाले परास्त पार्ने दाबी गरे ।