सिंगापुर पहिलो स्थानमा
उक्त सूची अनुसार सिंगापुर विश्वमा सर्वाधिक गतिको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट भएको मुलुक बनेको छ । त्यहाँको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको गति २४७.४४ एमबीपीएस रहेको छ ।
त्यस्तै दोश्रो स्थानमा २४२.९९ एमबीपीएस सहित हंगकंग छ भने तेश्रो स्थानमा चिली रहेको छ । चिलीको इन्टरनेट स्पीड २४०.३४ एमबीपीएस रहेको छ ।
चौथोमा युएई (२३८.२८) र पाँचौँमा थाइल्याण्ड (२११.२८) छ भने अमेरिका छैटौँ स्थानमा छ । अमेरिकामा ब्रोडब्याण्ड इन्टरनेटको गति २०७.३२ एमबीपीएस रहँदा सातौँ स्थानमा रहेको चीनको स्पीड १९३.६६ रहेको छ ।
त्यस्तै आठौँमा १९२.६८ एमबीपीएस सहित डेनमार्क रहँदा नबौँमा स्पेन रहेको छ । स्पेनको ब्रोडब्याण्ड इन्टरनेट स्पीड १७८.९४ एमबीपीएस छ भने दशौँ स्थानको ताइवानको इन्टरनेट गति १७७.४३ एमबीपीएस छ ।
मोबाइल इन्टरनेट गतिमा नेपाल १२७ औँ स्थानमा
फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको विधामा विश्वका ठूला ठूला देशहरुलाई पछि पारेको नेपाल मोबाइल इन्टरनेटको क्षेत्रमा भने निकै पछि देखिन्छ । उक्त सूचकांक अनुसार कूल १४३ देशमध्ये नेपाल १२७ औँ स्थानमा रहेको छ ।
नेपालको मोबाइल इन्टरनेटको गति १३.९६ एमबीपीएस छ ।मोबाइल इन्टरनेट गतिको हिसाबमा दक्षिण एसियाका सबै मुलुक नेपालभन्दा अगाडि छन् भने नेपाभन्दा पछाडि रहेका अधिकांश मुलुकहरु अफ्रिकी महादेशका छन् ।
पहिलो नम्बरमा युएई
ब्रोडब्याण्ड इन्टरनेट गतिको विधामा चौथो स्थानमा रहेको युएई मोबाइल इन्टरनेटको गतिमा भने विश्वकै पहिलो स्थानमा रहेको छ ।
युएईको मोबाइल इन्टरनेटको स्पीड २०५.७७ एमबीपीएस रहेको छ । त्यस्तै दोश्रो स्थानको कतारमा मोबाइल इन्टरनेट स्पीड १८६.३५ रहँदा तेश्रो स्थानको कुवेतको १६०.८७ एमबीपीएस छ ।
चौथो स्थानमा दक्षिण अमेरिकी मुलुक उरुग्वे छ । जसको मोबाइल इन्टरनेट स्पीड १४९.०८ एमबीपीएस रहँदा पाँचौ स्थानको दक्षिण कोरियाको १४०.४९ रहेको छ ।
छैटौँ स्थानमा नर्वे (१२२.७२), सातौँ स्थानमा ब्रुनाई (१२०.८४), आठौँमा आइसल्याण्ड(१०९.२८) तथा नबौँमा नेदरल्याण्डस् (१०६.२७) रहँदा दशौँ स्थानमा रहेको डेनमार्कको मोबाइल इन्टरनेटको स्पीड १०१.१९ एमबीपीएस रहेको छ ।
यो सूचीमा चीन १२ औँ, अष्टेलिया १४ औँ, सिंगापुर २० औँ, अमेरिका २२ औँ, हंगकंग ४२ तथा भारत ५३ औँ स्थानमा रहेको छ । एजेन्सीको सहयोगमा