logo
  • शुक्रबार, असोज ३० २०८३

सुत्केरी मृत्युको छानविनपछि विवाद समाधानस् राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहमति


  • शनिबार, असार २१ २०८२

दाङ, असार २१,
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा एक सुत्केरी महिलाको मृत्युको घटनाले सिर्जना गरेको विवाद सत्यतथ्य छानविन गर्ने सहमतिपछि समाधान भएको छ। घोराही उपमहानगरपालिका–१८, मसिनास्थित ब्रह्मचारी टोलकी २१ वर्षीया गुड्डी सुनारको सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना गरिएको थियो। उनको स्वास्थ्य अवस्था जटिल भएकाले सामान्य प्रसव सम्भव नभएपछि शल्यक्रियामार्फत प्रसव गराइएको थियो। तर, शल्यक्रिया पश्चात् केही समयमै गुड्डीको मृत्यु भएको थियो।

घटनाको पृष्ठभूमि

गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। अस्पतालका अनुसार, उनको खुट्टा नचल्ने र प्यारालाइसिसको अवस्थामा रहेको थियो। बिरामीको गम्भीर अवस्थाबारे परिवारलाई जानकारी गराएर शल्यक्रिया गरिएको र बच्चालाई जोगाउन सफल भए पनि सुत्केरी महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।

मृत्युको घटनापछि बिरामीका आफन्तले अस्पतालको ‘अपरेसन वार्ड’मा प्रवेश गरी चिकित्सकमाथि हातपात गरेको आरोप लागेको थियो। यसले चिकित्सकहरूले असन्तुष्टि व्यक्त गर्दै विरोध जनाएका थिए। यो घटनाले अस्पताल प्रशासन र बिरामीका परिवारबीच तनाव सिर्जना भएको थियो।

विवाद समाधानको पहल

विवाद समाधानका लागि शुक्रबार र शनिबार दिनभरि अस्पताल प्रशासन, बिरामीका परिवार, र स्थानीय प्रतिनिधिहरूबीच गहन छलफल भएको थियो। छलफलमा प्रतिष्ठानका उपकुलपति डा। विकास लामीछाने, शिक्षाध्यक्ष प्रा।डा। बसन्त लामीछाने, निमित्त निर्देशक प्रा।डा। जनार्दन पन्थी, सह–निर्देशक डा। सुरेश रसाइली, घोराही–१८ का वडाध्यक्ष भरत अर्याल, र पीडित परिवारका सदस्यहरू सहभागी थिए।

छलफलपछि निम्न सहमति भएको छ

छानविन समिति गठनस् डा। सुरेश रसाइलीको नेतृत्वमा पीडित परिवारको सहभागितासहितको छानविन समिति गठन गरी मृत्युको सत्यतथ्य पत्ता लगाउने।
निःशुल्क सेवास् शल्यक्रियामार्फत जन्मिएको बच्चाले १८ वर्ष नपुग्दासम्म प्रतिष्ठानले प्रदान गर्ने सबै स्वास्थ्य सेवाहरू निःशुल्क हुने।

अस्पतालको सेवा सुचारुस् पीडित पक्षले अस्पतालको सेवामा अवरोध नगर्ने र चिकित्सकमाथि हातपात नगर्ने।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। अस्पतालले बिरामीको गम्भीर अवस्थाका कारण मृत्यु भएको र बच्चालाई जोगाउन सफल भएको जनाएको छ। साथै, चिकित्सकमाथि भएको हातपातको घटनालाई लिएर चिकित्सकहरूले छलफलमा असन्तुष्टि व्यक्त गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend