बुटवल,असार २८
लुम्बिनी प्रदेशमा यो सिजनमा हालसम्म १७९ जनामा डेँगुको सङ्क्रमण देखिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार सबै भन्दा धेरै असार महिनामा डेँगु सङ्क्रमण देखिएको छ। लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये पाल्पामा सबै भन्दा धेरै जनामा डेँगु सङ्क्रमण देखिएको छ । पाल्पामा ६३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।यस्तै सो अवधिमा रुपन्देहीमा ५० जनामा,बाँकेमा १९ जनामा, दाङमा १८ जनामा, अर्घाखाँचीमा १६ जनामा, बर्दियामा ७ जनामा, रोल्पा र प्युठानमा २÷२ जना, रुकुम पूर्वमा र कपिलवस्तुमा १÷१ जनामा सङ्क्रमण देखिएको छ।
गुल्मी र पश्चिम नवलपरासीमा अझै सम्म भेटिएको रेकर्ड प्रदेश स्वास्थ्य निर्देशनालयसँग छैन। प्रदेश स्वास्थ्य निर्देशनालय तथ्याङ्क अधिकृत मानबहादुर ओलीले यो सिजनमा हालसम्म १७९ जना भेटिएको र पछिल्लो समय वृद्धि हुँदै गएको बताए।
लक्षण केके हुन् ?
लुम्बिनी प्रदेशिक अस्पताल बुटवलका फिजिसिन डाक्टर नन्दु पाठकका अनुासर डेंगु लागेको २–७ दिनमा यस रोगका लक्षणहरु देखिन थाल्छन्। जसमा उच्च ज्वरो ९१०४ डिग्री फरेनहाइट० प्रमुख लक्षण हो। साथसाथै अन्य लक्षणहरुमा टाउको दुख्ने, मांसपेसी दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, ग्रन्थी सुन्निने आदि हुन्छन्।
विश्व स्वास्थ संगठन ९डब्लुएचओ० ले डेंगुलाई डेंगु र जटिल डेंगुमा विभाजन गरेको छ। सामान्य लक्षण तथा स्वयं सीमित भएर जाने रोगलाई डेंगु भनेको छ र चेतावनीमूलक लक्षण देखिनेलाई जटिल डेंगु भनेको छ। संक्रमणको ३–७ दिनपछिको समयमा ज्वरो कम हँुदै गएर चेतावनीमूलक लक्षण देखिन सक्छ। जुन कतिपय घातक हुन सक्छ। यी लक्षणहरुमा धेरै पेट दुख्ने, बान्ता भइरहने, श्वासप्रश्वास तीव्र हुने, गिजाबाट रगत बग्ने, वान्तामा रगत देखिने, छटपटी हुने आदि पर्छन्। यी संकेतहरुको आधारमा चिकित्सकले अस्पतालमा बिरामी भर्ना गरी आफ्नो निगरानीमा राखेर जटिल समस्या आउनबाट रोकथाम गर्ने डा पाठकले बताए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend