logo
  • शुक्रबार, असोज ३० २०८३

१ सय किलो सुनको अनुसन्धान जिम्मा ‘सिआईबी’लाई


  • शुक्रबार, साउन १९ २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनेबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यसबारे छलफल भएको थियो ।

छलफलमा राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गाना, महान्यायाधिवक्ता डा। दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्य सहभागी थिए । सुन कारोबारको प्रकृति ‘सङ्गठित’ देखिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुङ्गानाले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend